पोखरामा १ हप्ता ‘कडा निषेधाज्ञा’ गर्न सुझाव

आदर्श अनलाइन, पोखरा
कोरोना भाइरस संक्रमण थप फैलन नदिन पोखरामा १ हप्ता कडा निषेधाज्ञा गर्न राजनीतिक दलहरुले सुझाव दिएका छन्। कोरोना सम्बन्धीएजेन्डामा आइतबार बसेको सर्वदलीय बैठकमा उक्त सुझाव आएको हो ।

बैठकका एक सदस्यका अनुसार सहभागी सबैले १ हप्ता कडै खालको निषेधाज्ञा लगाउनसुझाव दिएका छन् । सोमबार बस्ने कोरोना रोकथाम मूल समितिको बैठकमानिषेधाज्ञाबारे छलफल हुनेछ ।

त्यहाँ छलफल गरेपछि सहभागी सहमत भए प्रस्ताव जिल्ला विपद व्यवस्थापन समिति (सिसिएमसी)को बैठकमा लगिने मेयर मानबहादुर जिसीले जानकारी दिए । निषेधाज्ञामा महानगर अघि बढे साथ दिने दलका प्रतिनिधिहरुले बैठकमा बताएका थिए ।

आइतबारको बैठकमा नेकपा, कांग्रेस, राप्रपा लगायत विभिन्न दलका प्रतिनिधि सहभागी थिए । ‘संक्रमित बढिरहेका छन् । १ हप्ता निषेधज्ञा लगाउँदा राम्रो हुन्छ भन्नेमा छौं । सायद सिडिओ साब पनि यो विषयमा सकारात्मक हुनुहुन्छ,’ बैठकका एक सहभागीले भने ।

मूल समितिको बैठक सोमबार बिहान साढे ७ बजेलाई बोलाइएको छ । उक्त समितिको संयोजकमा उपमेयर मञ्जुदेवी गुरुङ छन् । पोखरामा आइतबारमात्रै २२ जनामा कोरोना पुष्टि भएको छ ।

योसहित पोखरामा कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ । संक्रमितमध्ये १ सय १५ जना निको भएका छन् भने १ को मृत्यु भएको छ ।समाधानबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *