बागलुङ उद्योग वाणिज्य संघको १३ बुँदे स्वास्थ्य मापदण्ड

आदर्श अनलाइन, बागलुङ
कोरोना महामारी फैलिदै गएको सन्दर्भमा बागलुङ उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई पालना गर्नका लागि १३ बुँदे स्वास्थ्य मापदण्ड जारी गरेको छ ।

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले जारी गरेको कोभिड—१९ महामारीको समयमा उद्योग वाणिज्य तथा आपुर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्डहरु आ—आफ्नो क्षेत्रमा कडाईका साथ पालना गर्न आग्रह गरेको हो ।

उद्योग वाणिज्य संघ बागलुङले जारी गरेको अपिलमा कार्यस्थल÷उद्योग भित्र प्रवेश गर्नु अघि सबैले अनिवार्य रुपमा साबुन पानीले हात धुन वा स्यानिटाईजर प्रयोग गर्ने, थर्मल गनबाट तापक्रम नाप्ने र मास्क लगाउने व्यवस्था गर्ने, जिल्ला भित्र र बाहिरबाट सामग्री बोक्ने सवारी साधनका चालक र सहचालकहरुको सम्पूर्ण विवरण अनिवार्य राख्न भनिएको छ ।

कार्यालय प्रवेश बिन्दु, कार्यालय परिसर, कार्यास्थल, शौचालय, उपकरण, फर्निचर आदिको नियमित सरसफाई र निसंक्रमण गर्ने तथा सरसफाईसंग सम्बन्धित कर्मचारी÷श्रमिकका लागि अनिवार्य रुपमा मास्क पञ्जा, बुट र हेड कभरको व्यवस्था गर्न, ई—बिलिङ तथा इ—भुक्तानीको व्यवस्था गरी कारोबार गर्दा नगद तथा कागजको कम प्रयोग गर्न आग्रह गरेको छ ।

श्रमिक कर्मचारीलाई पिक अफ र ड्रप गर्न सवारी साधनमा कुल यात्रु क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न, विक्रेकता र कर्मचारीहरुले अनिवार्य रुपमा मास्क र सर्जिक पञ्जा लगाउने, हरेक ग्राहकलाई सामान दिएर पैसा बुझेपछि अर्को ग्राहकसंग कारोबार गर्नुपूर्व स्यानिटाईजर प्रयोग गर्न पनि अपिल गरिएको छ ।

बागलुङ जिल्लामा सञ्चालित होटल रेष्टुरेन्डबाट तयार गरिएका खाद्य परिकार लैजाने सेवा (टेक अवे) बाहेक अन्य सेवाहरु सञ्चालन गर्न नगराउनु पनि क्वारेन्टाईन सञ्चालन भएका बाहेकहरुमा अनुरोध गरिएको छ ।

मानिसहरु जमघट, भेटघाट एवं नजिकिने कार्यबाट कोभिड—१९ को संक्रमण बढ्दै गईरहेको हुँदा यस जिल्लामा अत्यावश्यक बाहेकका कुनै पनि प्रकारका वैठक, समीक्षा, गोष्ठी, सेमिनार छलफल, भेला जस्ता सामुहिक जमघट हुने कार्यहरु नगर्न नगराउन, सम्पूर्ण व्यवसायी उद्योगी एवं सामाजिक संघ संस्था सामुदायिक संस्था र सहकारीहरुले सेवा सञ्चालन गर्दा अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्नुका साथै मास्क, स्यानिटाईजर जस्ता न्यूनतम स्वास्थ्य मापदण्ड पालना गर्न गराउन अपिलमा भनिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *