मगर सांकृतिक संघले दियो कलाकारलाई राहत

आदर्श अनलाइन, बागलुङ

नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय समिति, कास्कीले कोरानाको महामारीको अवस्थासँगै बाढी पहिरो पीडित मगर कलाकारलाई आइतबार राहत वितरण गरेको छ ।

कोराना भाइरस (कोभिड १९) का कारणले बन्दाबन्दी भएको लामो समयपछि खुले पनि कलाकारहरु आफ्नो पेसामा फर्किन सक्ने अवस्था नरहेकाले राहत स्वरुप मगर कलाकारलाई नगद तथा खाद्यान्न सामग्री प्रदान गरिएको समिति कास्कीका अध्यक्ष सरिता सारुमगरले जानकारी दिइन् ।

स्वदेश तथा विदेशमा रहेका व्यक्तिहरुबाट संकलित करिब १ लाख ६७ हजार ५ सय रुपैयाँबाट कास्कीमा कर्मथलो बनाएर बस्ने ४४ जना मगर कलाकारलाई उक्त सामग्री वितरण गरिएको उनले बताइन् ।

कार्यक्रममा समाजसेवी नवराज गुरुङले कोरोनाबाट आक्रान्त भएका र बाढीपहिरोबाट प्रभावित भएका मगर कलाकारलाई लक्ष्य गरी समितिबाट भएको कार्यको प्रशंसा गरे ।
नेपाललाई कोरोनाले भन्दा बढी बाढीपहिरोले दर्दनाक र पीडादायी बनाइरहेको भन्दै

सांस्कृतिक जर्गेना गर्ने जस्तो क्षेत्रमा सहयोग प्रयोग भएको प्रति उनले खुसी प्रकट गरे ।
सोही राहत वितरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मोहन गुरुङले राज्यबाट करौडौँ राहत वितरण गरिएतापनि सर्वसाधरणहरु एक छाक टार्न नसक्ने अवस्थामा रहेको बताए । कोरोना कहर सँगै प्राकृतिक प्रकोपमा राज्यका सम्बन्धित निकायबाट भन्दा बढी बाहिरी संघसंस्थाहरुबाट राहत वितरण जस्ता विषयमा बढी चासो देखाई रहेको उनको भनाइ थियो ।

नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय समिति, कास्कीका अध्यक्ष सरिता सारु मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुरेश राना मगरले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *