बागलुङ नगरपालिका–२ एक साताका लागि लकडाउन

आदर्श अनलाइन, बागलुङ
सोमबारदेखि बागलुङ नगरपालिका वडा नम्बर २ एक साताका लागि लकडाउन गरिएको छ ।

वडा कार्यालयले सोमबार एक सूचना जारी गर्दै एक साताका लागि लकडाउन गरेको जानकारी दिएको छ ।

वडा कार्यालय भदौ ७ गतेसम्म पूर्ण रुपमा बन्द गरिने र अतिआवश्यक पसलहरु बाहेक अन्य पसलहरु पनि एक हप्ता बन्द गर्न वडाबासीलाई आग्रह गरेको छ । वडामा कोरोना संक्रमितहरुको संख्या थपिदै गएको हुँदा संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि एक हप्ता लकडाउन गरिएको वडा अध्यक्ष जीवन आचार्यले जानकारी दिनुभयो ।

संक्रमितको सम्पर्कमा आएका सबै व्यक्तिहरुको स्वाब परिक्षणको नतिजा नआएसम्म वडा कार्यालयबाट प्रवाह हुँदै आएका दैनिक कामकाज भदौ ७ गतेसम्म बन्द गर्ने अध्यक्ष आचार्यले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *