बागलुङ नगरपालिका–३ एक हप्ताको लागि बन्द

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय एक हप्ताको लागि बन्द गरिएको छ ।

समुदायमा कोरोना संक्रमण देखिएपछि आजकै दिनदेखी लागु हुने गरि एक हप्ताको लागि वडा कार्यालय बन्द गरिएको वडा अध्यक्ष लक्ष्मी बास्कोटाले सूचना जारी गर्दै जानकारी गराउनुभएको छ ।

संक्रमितको सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरि परिक्षणको लागि पठाईएकाले रिपोर्ट नआउने समय सम्मको लागि वडा कार्यालयबाट प्रदान हुँदै आएका अतिआवश्यक बाहेकका नियमित सेवाहरु बन्द गरिएको सूचनामा उल्लेख छ ।

सूचनामा बजार क्षेत्रमा बढदो चहलपहल न्यूनिकरण गर्नको लागि अनावश्यक रुपमा हिडडुल नगर्न, दैनिक उपभोग्य वस्तुका पसलहरु सामाजिक दुरी कायम गरी निश्चित समयमा मात्र खोल्न, अन्य पसल र व्यवसायहरु बन्द गर्न आग्रह गरिएको छ ।

सामुहिक प्रयासबाट मात्र कोरोना रोकथाम तथा व्यवस्थापन गर्न सम्भव हुने भन्दै वडा अध्यक्ष बास्कोटाले आम वडा बासीलाई सकरात्मक सहयोग गर्न आग्रह गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *