सहकारीको घरदैलो नगद संकलन कार्य बन्द गर्न जिल्ला संघको आव्हान

आदर्श अनलाइन, बागलुङ

जिल्ला सहकारी महासंघ बागलुङले कोरोना संक्रमणको जोखिम बढेकोले जिल्लामा वित्तीय कारोबार गर्ने सहकारी संघ संस्थाहरुलाई एक सातासम्म घरदैलो नगद संकलन तथा भुक्तानी कार्य बन्द गर्न आव्हान गरेको छ ।

जिल्ला सहकारी संघको सोमबार सम्पन्न वैठकले संक्रमणबाट जोगिनका लागि एक सातासम्मका लागि बजारबाट नगद संकलन कार्य नगर्ने निर्णय गरेको हो ।

बागलुङमा समुदाय स्तरमा कोरोना संक्रमण देखिन थालेपछि जिल्ला सहकारी संघले जिल्लाका सबै सहकारी संस्थाहरुलाई कार्यालयबाट दिने सेवा सुविधालाई सुरक्षाको उचित प्रवन्ध सहित उपलब्ध गराउन आव्हान गरेको संघका अध्यक्ष दिपक गौतमले बताउनुभयो ।

संक्रमण बढ्दै गएपछि सहकारी क्षेत्रमा समेत संक्रमण हुन सक्ने अवस्थालाई मध्यनजर गरी सुरक्षित रहेर कार्यालयबाट सेवा दिन र बजार क्षेत्रमा बजार प्रतिनिधि नपठाउन आव्हान गरिएको संघका सचिव तेजेन्द्र बहादुर थापाले बताउनुभयो ।

संघको वैठकले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक वित्तीय प्रतिवेदन पारित गरेको छ । संघको कुल सम्पत्ती ५८ लाख १२ हजार ६ सय रुपैया रहेको संघका कोषाध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *