कोरोना सचेतना जगाउन सिडिओ सडकमा

आदर्श अनलाइन, बागलुङ
पछिल्लो समय कोरोना सक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले सचेतना मुलक कार्यक्रमलाई जोड दिएको छ ।

माक्स लगाउने र सामाजिक दुरी कायम गर्ने विषयमा प्रमुख जिल्ला अधिकारी तथा कमाण्ड पोष्टका संयोजक सुरेश न्यौपाने सहित सुरक्षा निकायको सहभागितामा सोमबार बागलुङ बजारमा सचेतना मुलक कार्यक्रम गरिएको छ ।

बागलुङ बजारका मुख्य–मुख्य चोकमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको सवारी साधनमा जोर बिजोर कार्यान्वयन, माक्स नलगाउनेलाई सम्झाउने तथा कोरोना सचेतना प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो ।

कोरोनाबाट बच्न स्वंयम् सचेत हुँनुनै आजको आवश्यकता रहेको भन्दै सांकेतिक रुपमा जिल्ला सदरमुकामका मुख्य–मुख्य चोकमा सवारी अनुगमन तथा कोरोना सचेतना प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *