कास्की सेवा हस्पिटलमा मृत्यु भएकी तनहुँकी महिलामा देखियो कोरोना

आदर्श अनलाइन, पोखरा
पोखरामा कोरोनाबाट थप एक जनाको ज्यान गएको छ । तनहुँकी महिलाको मृत्यु पश्चात कोरोना पुष्टि भएको हो । तनहुँको व्यास नगरपालिका १ निवासी ५० वर्षीया महिला पोखरा १० स्थित कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराइरहेकी थिइन् ।

उनको हिजो सोमबार राति ११ बजेर ३६ मिनेटमा अस्पतालमै उपचारको क्रममा मृत्यु भएको थियो ।श्रोतका अनुसार उनलाई निमोनिया भएपछि अस्पतालमा ल्याइएको थियो । उनी साउन ३२ देखि उपचाररत थिईन् । महिलामा मधुमेहसँगै मुटुरोगको समस्या रहेको पनि श्रोतले जनाएको छ ।

केहिबेर अघि मात्र प्राप्त नतिजाअनुसार उनमा कोभिड १९ पोजिटिभ देखिएको छ । यसबारे क्षेत्रीय स्वास्थ्य निर्देशनालयले केही जानकारी दिइसकेको छैन । नेपाली सेनाले नै आज उनको अन्तिम संस्कार गर्नेछ । यसको लागि तयारी भइरहेको छ । गण्डकी प्रदेशमा यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

अस्पतालका कर्मचारी भन्छन्ः ‘हामीले पनि भर्खर थाहा पायौं, सतर्क भएका छौं’

अस्पतालका मुख्य अधिकारीसँग सम्पर्क हुन सकेन । अस्पतालमा फोन गर्दा त्यहाँका कर्मचारीहरुले आफूहरुलाई सबै कुरा भन्ने अधिकार नभएको बताए ।

एक कर्मचारीले भनेः- ‘हामीले पनि भर्खर थाहा पायौं । बिरामी बसेको वार्ड, उहाँलाई उपचार गर्ने डाक्टर, उपचारमा संलग्न नर्सहरु सबैलाई खबर गर्दैछौं । हामी सचेत छौं । सतर्क पनि छौं । अहिलेलाई अस्पताल बन्द छ । सबैलाई घटनाबारे भनेका छौं । अस्पतालमा तत्काल स्वास्थ्य सेवा उपलब्ध हुँदैन । पहिले अस्पताल सुरक्षित बनाउनुप¥यो ।’गण्डक न्यूजबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *