आमा छोरा सहित सहित बागलुङमा थपिए ३ संक्रमित

डम्मर बुढा मगर, बागलुङ

बागलुङमा आमा छोरा सहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बरेङ गाउँपालिका वडा नम्बर २ का क्वारेन्टिनमा रहेका आमा र ६ वर्षिय बालक सहित ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङ प्रमुख सुरज गुरौले जानकारी दिए । संक्रमित महिलाका श्रीमान र सानो छोराको भने नेगेटिभ रिपोर्ट आएको उनले बताए ।

बालक र उनकी आमा गत साउन २७ गते भारतदेखि आए क्वारेन्टाइनमा बसेका थिए भने बागलुङ नगरपालिका वडा नम्बर १३ का युवा पनि भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *