आज रातिदेखि बागलुङ नगरका १४ वार्डमा निषेधाज्ञा

आदर्श अनलाइन, बागलुङ
कोरोना सक्रमण बढ्दै गएपछि बागलुङ नगर क्षेत्रमा एक साताका लागि निषेधाज्ञा जारी गरिने भएको छ ।

मंगलबार बसेको जिल्ला कमाण्ड पोष्ट र सरोकारवाला बीचको बैठकले आज राति १२ बजेदेखि भदौ ९ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

बागलुङ नगरपालिकामा आगमी भदौं ९ गते राति सम्म निषेधाज्ञा जारि गर्न लागिएकाे जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्याेेपानेले जानकारी दिए |

नगरपालिकाले १० गते सम्म लकडाउन गर्न सिफारिस गरेको थियो । नगरपालिकाको विभिन्न वडाहरुमा समुदाय स्तरमा संक्रमण देखिए पछि निषेधाज्ञाकाे निर्णयमा पुगेकाे प्रजिअ न्याेेपानेले बताए।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *