बागलुङ नगरमा निषेधाज्ञाः के-के बन्द,के-के खुल्छन् ?

आदर्श अनलाइन, बागलुङ

कोरोना संक्रमण बढ्दै गएपछि बागलुङ नगर क्षेत्रमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
मंगलबार बसेको जिल्ला कमाण्ड पोष्ट र सरोकारवाला बीचको बैठकले मंगलबार राति १२ बजेदेखि भदौ ९ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बागलुङ नगरपालिकाका तर्फबाट १० दिनका लागि लकडाउन गर्न सिफारिस आएकाले सरकोरवाला बीच छलफल गरी एक साता सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो । नगरपालिकाको बिभिन्न वडामा समुदाय स्तरमा संक्रमण देखिए पछि निषेधाज्ञाको निर्णयमा पुगेको प्रजिअ न्यौपानेले बताउनुभयो ।

अब यस अवधिमा बानपा १ देखि १४ वडामा अत्यावश्यकीय काम बाहेक घर बाहिर निस्किन नपाउने र सबै वडाका सेवा बन्द हुनेछन् । अत्यावश्यक खाद्यान्न, तरकारी, दुध, औषधि, दाना ढुवानी, एम्बुलेन्स, प्रेस सवारी लगायत भने सञ्चालन हुनेछन् । दैनिक उपभोग्य तथा अति आवश्यक सामग्री खरिद बिक्रीका लागि विहान ७ बजेदेखि ९ बजे र अपरान्ह ४ देखि साँझ ६ बजे सम्म खुल्ला गरिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।

नगरपालिकाको वडा नम्बर २ मा एक होटल व्यवसायी महिला, ३ मा कुखुरा पालन व्यवसाय गर्दै आएकी एक महिलामा कोरोना संक्रमण देखिए पछि कन्ट्याक्ट ट्रेसिङ गर्दा ठुलो संख्यामा सम्पर्क भएको पाइएकाले जोखिम बढेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो । ‘संक्रमितको सम्पर्कमा सिमित संख्या भए सानो ठाउँ, गाउँ, टोल सिल गर्न सकिने विकल्प हुन्छ,’ उहाँले भन्नुभयो, ‘अहिलेको अवस्था हेर्दा अलि ठुलो संख्या र ठाउँका व्यक्तिहरु सँग सम्पर्क भएको पाइयो, त्यसैले थप जोखिम रोक्न पनि निषेधाज्ञाको निर्णयमा पुगिएको हो ।’

निषेधाज्ञाका अवधिमा के के खुल्ला ? केके बन्द हुन्छन् ? हेर्नुहोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *