रुद्रेपिपलको विद्यालय भवन पुननिर्माण

आदर्श अनलाइन, बागलुङ

वि.सं.२०७२ सालको भुकम्पले क्षति पु¥याएको बागलुङ जिल्ला सदरमुकाममा रहेको रुद्रेपिपल माध्यामिक विद्यालयको चारकोठे भवनका पुन निमाृण सम्पनन भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत वर्ष बागलुङ जिल्लामा पुनःनिर्माण गर्ने ३८ विद्यालय मध्येको एक रुद्रेपिपल माध्यामिक विद्यालयको भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानध्यापक राजेश श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाई शिक्षाको रु. ७० लाख ४० हजार लागतमा चारकोठे भुकम्प प्रतिरोधी भवन निर्माण सम्पन्न भएर हस्तान्तरणको चरणमा रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाइ शिक्षाका कार्यालय प्रमुख मोतिलाल चपाईले बताउनुभयो ।

बि.सं.२०७२ सालको भुकम्पले क्षति पु¥याएको यस विद्यालयमा भवन निर्माणसंगै पठन पाठनमा सहज हुने विद्यालयका प्रधानध्यापक राजेश श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार यस वर्ष पुन चार कोठे भवन निर्माण प्राधिकरणकै लगानीमा निर्माण कार्य थालिएको छ । जिल्ला सदरमुकामा रहेका निजि विद्यालयसंग प्रतिस्प्रधा गर्दै अगाडि बढेको यस विद्यालय जिल्लाकै नमूना सामुदायिक विद्यालय अन्र्तगत पर्दछ । सामुदायिक विद्यालयमा विद्यार्थी संंख्या घट्दै गइरहेको सन्र्दभमा यस विद्यालयमा भर्ना हुनका लागि प्रवेश परिक्षा समेत पाश गर्नुपर्ने अवस्था रहेको छ । वालकक्षा देखि १० कक्षा सम्म विद्यालयमा झण्डै ६०० विद्यार्थी अध्ययनरत रहेका छन् ।

विद्यालय भवन अपाङ्गमैत्री तथा पूर्ण भुकम्प प्रतिरोधी हुने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाइ शिक्षाले जनाएको छ । विद्यालयको उक्त भवन बन्दाबन्दीका कारण केही ढिला गरी सम्पन्न भएको हो । गत आर्थिक वर्षको पहिलो चरणमा ४० विद्यालय पुनःनिर्माण सम्पन्न दोस्रो चरणमा ३८ विद्यालय र २५ शौचालय निर्माण सम्पन्न भएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *