गण्डकीमा आज बागलुङ बडिगाडका १ सहित १९ संक्रमित थपिए

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशमा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणमा बुधवार दिउँसो थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ बडिगाडका १, तनहुँ १, गोरखा १, धादिङ १, नवलपरासीका १ जनामा कोरोना देखिएको छ । जिल्लाको बडिगाडका संक्रमित देखिएका २२ वर्षीया पुरुष लमजुङमा कार्यरत रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोदविन्दु शर्माले जानकारी दिए ।

यसअघि विहान नवलपुर १२ जना र तनहुँमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो सगँै गण्डकी प्रदेशमा १ हजार ७ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस मध्ये १ हजार ५ सय ५९ जना निको भएर घरफर्किएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *