पोखराका २ संक्रमित मोबाइल अफ गरेर सम्पर्कविहीन

आदर्श अनलाइन, पोखरा

पोखराका २ कोरोना संक्रमित सम्पर्कविहीन भएका छन् । बुधबार कोरोन पुष्टि भएका पोखरा २४ र पोखरा ४ का संक्रमितसँग सम्पर्क हुन नसकेको पोखरा महानगरपलिका स्रोतले जानकारी दिएको छ ।

‘रिपोर्ट आएपछि फोन सम्पर्क ग(र्यौं । २४ का भनिएका संक्रमितले एकपटक कुरा गरेपछि मोबाइल अफ गरे । अर्का संक्रमितको पनि मोबाइल अफ छ,’ स्रोतले भन्यो ।

दुवै संक्रमितका साथीसँग सम्पर्क गर्ने प्रयास भइरहेको स्रोतले बतायो । ‘संक्रमण पुष्टि भएकाहरुले साथीसँगै आएर स्वाब दिएको बुझिएको छ । उनीहरुसँग सम्पर्क गरेर संक्रमितको खोजी गरिरहेका छौं,’ स्रोतले भन्यो । उनीहरुले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुगेर स्वाब दिएका हुन् ।

पोखरामा बुधबार ४ जनामा कोरोना पुष्टि भएको छ । सम्पर्कविहीन भएका २ संक्रमितबाहेक अरु २ जना सैनिक हुन् । स्याङ्जा कारागारका ६० वर्षे कैदीमा सोमबार कोरोना पुष्टि भएको थियो । त्यसपछि दुवैलाई पोखरा ल्याइएको थियो । उनीहरु रानीपौवास्थित आर्मी हस्पिटलमा उपचाररत छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *