बागलुङमा कन्ट्याक्ट ट्रेसिङमा थपिए ६ सहित ८ संक्रमित

आदर्श अनलाइन, बागलुङ

बागलुङमा थप ८ जना कोरोना संक्रमित थपिएका छन् ।

केही दिन अगाडी संक्रमण पुष्टि भएका दुई जना महिलाका सम्पर्कमा आएका बागलुङ नगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित महिलाको संम्पर्कमा आएका १४ जनाको स्वाब परीक्षणको लागि पठाइएकोमा बागलुङ नगरपालिका–३ का ६ जनाको रिपोर्ट पोजेटिभ आएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो। संक्रमित महिलाका छोरा, २ जना पुरुष र ३ जना महिलाको रिपोर्ट पोजेटिभ आएको हो। संक्रमित महिलाका ८ बर्षिय छोरा, १३ बर्षिय एक जना किशोर, २२ बर्षिय एक जना पुरुष, १६ बर्षिय एक जना किशोरी र २१ र ३५ बर्षिय दुई जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

यसैगरी, बडिगाड गाउँपालिकाका १ जना र जैमिनीका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *