राष्ट्रिय सहकारी बैंकको वार्षिक समिक्षा शुरु

आदर्श अनलाइन,ललितपुर

राष्ट्रिय सहकारी बैंक लिमिटेडको वार्षिक समिक्षा तथा आगामी योजना सम्बन्धी २ दिने समिक्षा वैठक बुधवारदेखि शुरु भएको छ ।

आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समिक्षा र चालु आर्थिक वर्षका योजनाहरुका बारेमा छलफल गरी योजना निर्माण गर्न भर्चुअल समिक्षा वैठक आयोजना गरिएको बैंकले जनाएको छ ।

वैठकको शुभारभ्म गर्दै बैंकका अध्यक्ष के.बी. उप्रेतीले कोरोनाको संक्रमणका संकटपूर्ण अवस्थामा सुरक्षित भई सदस्यहरुको सेवालाई थप प्रभावकारी बनाउन वैठक सहयोगी हुने बताउनुभयो । उहाँले बैंकले विगतमा दिदै आएको सेवालाई थप प्रभावकारी बनाउनका लागि सुझाव, समन्वय र सहकार्यमा जोड दिनुभयो । गत आर्थिक वर्षमा बैंकले लिएको लक्ष्य पुरा भएको छ, अध्यक्ष उप्रेतीले भन्नुभयो, चालु आर्थिक वर्षका योजना र लक्ष्यहरुलाई पनि पुरा गर्ने तरिकाले अगाडि बढ्नु पर्छ ।

समिक्षा कार्यक्रममा देशभरका ४४ वटा शाखाका प्रमुखहरुले गत आर्थिक वर्षको प्रगति तथा चालु आर्थिक वर्षको लक्ष्यका बारेमा प्रस्तुतीकरण गरेका छन् । पहिलो दिन शाखा प्रमुखहरुले आ–आफ्नो शाखाको प्रगति तथा लक्ष्य प्रस्तुत गर्नु भयो, दोस्रो दिन लक्ष्य प्राप्तिका लागि शाखाहरु र व्यवस्थापनबीचको समन्वय, आवश्यक नीति नियम निर्माणका लागि सञ्चालक समितिको भूमिका लगायतका विषयमा छलफल गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

कोरोना संक्रमणका बीच पनि गत आर्थिक वर्षमा बैंकले लिएको लक्ष्य पुरा गरेको छ, वैठकले यो वर्षका कार्यक्रम तथा योजना निर्माण गरी कार्यान्वयनको खाका बनाउने प्रमुख कार्यकारी अधिकृत गुरागाईले बताउनुभयो । कार्यक्रममा सञ्चालक समिति, लेखा समिति, उच्च व्यवस्थापन र शाखा प्रमुखहरु सहित ७० जनाको सहभागिता रहेको छ ।

बैंकमा देशभरका १२ हजार भन्दा बढी सहकारी संघ संस्थाहरु सदस्य रहेका छन् । सदस्य सहकारी संघ संस्थाहरुबाट बैंकले २ अर्ब २२ करोड शेयर पूँजि, ४७ अर्ब निक्षेप संकलन गरी २७ अर्ब कर्जा लगानी गरेको छ । बैंकको कुल सम्पत्ती ५१ अर्ब पुगेको छ ।

देशभर ४४ शाखा र केन्द्रीय कार्यालयबाट सदस्यहरुलाई सेवा दिदै आएको सहकारी बैंकले सहकारीलाई वित्तीय सेवाका साथै शिक्षा, तालिम, अध्ययन अनुसन्धान, संस्थागत विकास र स्तरीकरण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सहकारी विभाग र नेपाल राष्ट्र बैंकको प्रत्यक्ष नियमन रहने बैंकलाई थप २४ वटा शाखा सञ्चालनको अनुमति हालै प्राप्त भएको छ ।

थप शाखा सञ्चालनका लागि आन्तरिक काम भैरहेको र असोज मसान्त भित्र २४ वटा शाखा सञ्चालन गर्ने तयारी रहेको प्रमुख कार्यकारी अधिकृत गुरागाईले जानकारी दिनुभयो । देशभरसञ्चालित सहकारीहरुबीच पुग्ने लक्ष्यका साथ बैंकले योजना बनाएर काम गरेको छ । सहकारीमार्फत दीगो विकासमा योगदान गर्न बैंकले सबै विषयका सहकारीहरुलाई सक्षम बनाउने लक्ष्य लिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *