तनहुँको भानुमा प्रहरी र निर्माण व्यवसायीमा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, तनहुँ 
तनहुँमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको भानु नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

बिहिबार थपिएका संक्रमित भानु-६ का ३७ वर्षीय एकजना पुरुष हुन भने अर्को ठेगाना नखुलेको भानु मै कार्यरत २८ वर्षीय पुरुष हुन ।

स्वाब दिएपछि उनीहरु आफ्नै घर र भन्सार प्रहरी चौकीको क्वारेन्टिनमा बसेका थिए । संक्रमित मध्य २८ वर्षीय पुरुष प्रहरी हुन भने ३७ वर्षीय पुरुष निर्माण व्यवसायी हुन ।

गत साउन ३२ गते भानु नगरपालिकाले कन्ट्याकट ट्रेसिङका आधारमा १२६ जनाको स्वाब संकलन गरेर परीक्षणका लागी पठाएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए ।

उनले भने ‘आज आएको रिपोर्ट त्यही मध्यको हो ।’ अन्यको भने रिपोर्ट नआएको भट्टराईले जानकारी दिए ।

उनीहरु मध्य प्रहरीलाई दमौली अस्पतालको आइसोलेसन क्रियापुत्री भवनमा र अर्का निर्माण व्यवसायीलाई भने जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रको आइसोलेसनमा राख्ने तयारी भईरहेको छ ।

योसंगै भानु नगरपालिकामा समुदायका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै अहिलेसम्म भानु नगरपालिकामा कोरोना संक्रमितको संख्या ३३ जना पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *