संक्रमित सँग निकट रहेकालाई वडाको सम्पर्कमा आउन आग्रह

आदर्श अनलाइन, बागलुङ
कोरोना संक्रमित सँग (क्लोज कन्ट्रयाक) मा रहेका ६ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै उनिहरुसँग समेत सम्पर्कमा रहेका व्यक्तिको खोजि कार्य तिव्र पारिएको छ ।

केहि दिन पहिले बागलुङ नगरपालिका–३ हाडेपाखाका व्यवसायी महिलामा संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका १४ जनको स्वाब परिक्षणको लागि पोखरा पठाईएको थियो । संक्रमित महिलाको सम्पर्कमा आएका थप ६ जनामा बुधबार साँझ संक्रमण पुष्टी भएसँगै उनिहरुको सम्पर्कमा आएका अन्य व्यक्तिको खोजि तिव्र पारिएको बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष लक्ष्मी बास्कोटाले जानकारी दिनुभएको छ ।

बास्कोटाले सूचना जारी गर्दै संक्रमितको सम्पर्कमा आएकाहरुलाई बागलुङ नगरपालिकाको स्वास्थ्य शाखा र वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ । वडा अध्यक्ष बास्कोटाले समुदायमा फैलिएको कोरोना नियन्त्रण गर्दै परिस्थतीलाई सामान्य बनाउनको लागि संक्रमितको सम्पर्कमा आएका व्यक्तिको रिपोर्ट नआउँदा सम्म जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञालाई पूर्ण रुपमा पालन गर्न आग्रह गर्नुभएको छ । उहाँले अति आवश्यक काम नपरेसम्म कोही पनि घरबाट बाहिर ननिस्कन अनुरोध गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *