नेपालमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, काठमाडौँ
पछिल्लो २४ घण्टामा देशभरमा ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७०७ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबारसम्म संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । तीमध्ये १७ हजार ९६४ जना डिस्चार्ज भएका छन् । काठमाडौं उपत्यकामा २०० जना संक्रमित भेटिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *