धौलागिरी अञ्चल अस्पताल गण्डकी प्रदेश मातहतको अस्पताल हो । यो अस्पताल सेवा प्रवाहका हिसावले लामो समय सम्म ‘रिफर सेन्टर’ भएको आरोप खेपिरह्यो । तर, पछिल्लो नयाँ व्यवस्थापन समिति आए पछि अस्पतालमा उल्लेख्य सुधारका संकेत देखिएका छन् । के–के सुधार भएको छ त ? अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरसँग आदर्श अनलाइनकर्मी साधना पन्तले गरेको स्वास्थ्य संवादको सम्पादित सामग्रीः
अस्पताल सुधार–१
२०१६ सालमा औषधालयबाट सुरु गरेको अस्पताल पछिल्लो समय अञ्चल अस्पतालका रुपमा सञ्चालनमा छ । तर, अञ्चल अस्पताल भए पनि यस भित्रको पूर्वाधार, संरचना, सोच र सेवा प्रवाहमा धेरै समस्या छ । जनताले हामी नयाँ व्यवस्थापनका रुपमा आए पछि हाम्रो प्रगती, यहाँको कमी कमजोरी र सुधारिएका कुरा जानकारी पाउनु पर्छ भन्ने हाम्रो धारणा छ । हामी सुरुमा यहाँ आउदा अस्पतालमा भद्रगोल जस्तो देखियो । जता हे¥यो, त्यही फोहोर, शौचालय दुर्गन्धित, अव्यवस्थित तरिकाले यत्रतत्र थोत्रा सामान, रुखहरुले जंगल जस्तै थियो । अस्पतालमा सर्प हिड्ने देखियो । र सबै भन्दा पहिले अस्पताल र परिसर सरसफाई ग¥यौ । अस्पताल भनेको सफा हुनु पर्दछ । अस्पताल भित्र पस्दा मानिसले महशुस गरुन् की हामी अस्पताल भित्र छौ । अस्पताल भित्र बिरामीहरु आउदाँ थप बिरामी होइन, थोरै भए पनि आनन्दको अनुभुति गर्ने होस् भन्ने चाहिरहेका छौ ।
अस्पताल सुधार–२
अस्पतालमा डाक्टरहरुको समस्या थियो । दरबन्दी छ, बिशेषज्ञ डाक्टर थिएनन् । अरु डाक्टरहरु नभएको त होईनन्, एमबिबिएस पढेका डाक्टरहरु हुनुहुन्थो । तर, एमबिबिएस मात्र डाक्टरहरुले अस्पताल नचल्दो रहेछ । अस्पताललाई साँच्चिकै अस्पताल बनाउनका लागि नेपाल सरकारको स्वास्थ्य नियम अनुसार यहाँ बिशेषज्ञ डाक्टरको जरुरत थियो । अस्पतालमा हामी आउँदा विशेषज्ञ डाक्टर सागर राजभण्डारी र शैलेन्द्र बि पोखरेल दुई जना मात्र हुनुहुन्थो । उहाँहरुले मात्र अञ्चल अस्पतालको चाप र भरोसा थाम्न सम्भव थिएन । सामान्य रोगको उपचार मात्र हुन्थ्यो । अलि केही गम्भिर र जटिल बिरामी आए पोखरा रेफर गर्नुपर्ने अवस्था थियो । हामीहरु आए पछि ७ जना बिशेषज्ञ डाक्टर ल्याउन सफल भयौ । हामीले गरेको पहलमा बिशेष भुमिका डा.नविन पौडेलले गर्नुभयो । यसक्रममा सांसद देवेन्द्र पौडेल, मनकुमारी केसी, डा.सुर्य पाठकको पनि सहयोग मिल्यो र हामीहरु कन्सल्टेन्ट डाक्टर ल्याउन सफल भएका हौ । अहिले हामीसँग स्त्री रोग बिशेषज्ञ, हाडजोर्नी बिशेषज्ञ, बालरोग बिशेषज्ञ, अप्रेशन सर्जन, एनेस्थेसिया, नाक कान घाटी, फिजिसियन लगायतका बिशेषज्ञ डाक्टर ल्याउन सफल भयौ । त्यसपछि यहाँ बिरामीहरुको बिस्तारै चाप बढ्न थाल्यो । यहाँ हामी पहिला आउँदा दैनिक ५०÷६० जना आउनुहुन्थ्यो । तर अहिले ४÷५ सयको हाराहारीमा दिनमा बिरामी आउनुहुन्छ ।
अस्पताल सुधार–३
अस्पतालमा आवश्यक उपकरणको कमी थियो । अस्पताल नाम मात्र भएर भएन । अस्पतालमा सुविधा सम्पन्न भवन मात्र भएर पनि भएन । डाक्टर मात्र भएर पनि भएन । बिशेषज्ञ डाक्टरहरुको उपस्थितिसँगै स्वास्थ्य उपकरणहरुको आवश्यकता देख्यौ । डाक्टर सापहरुले कुरा राख्नुभयो । त्यसकारण हामी आए पछि थाईराईट मेसिन ल्याउन सफल भयौ । बिरामीका लागि बेडको व्यवस्था ग¥यौ । ६० बर्षदेखि चलेको अस्पताल हो । गण्डकी प्रदेशको यो अस्पताल एक मात्र प्रदेश अन्र्तगत पर्दछ । यस अस्पतालमा शव राख्ने उपकरण नभएको हुदाँ यहा वरिपरीका मानिसहरुले व्यापक गुनासो र गाली गर्नुहुन्थ्यो । तर, अहिले हामीहरुले मर्चरी च्याम्बर यन्त्र ल्याएर राख्यौ । जसमा ४ वटा लास एकै पटक राख्न सकिन्छ । त्यस यन्त्र भित्र लास राख्दा महिनौ सम्म दुर्गन्धित नहुने, नकुहिएर सुरक्षित रहनेछ । यसका लागि प्रदेश सरकारले ४ करोड ६० लाख रुपैयाँ सहयोग गरेको थियो ।
अस्पताल सुधार–४
डाक्टरहरुका लागि क्वाटरको समस्या थियो । भइरहेका क्वाटरमा डाक्टर बाहेकका अरु स्वास्थ्यकर्मी, कर्मचारी बसिरहेकाले डाक्टरलाई कहिले होटल, कहिले कता कता व्यवस्थापन गर्नुपर्ने समस्या थियथो । जसका कारण पनि डाक्टर यहाँ आउन नमान्ने, बसिरहन गाह्रो मान्ने समस्या थियो । डाक्टर क्वाटरको व्यवस्था गर्न एक करोड रकम छुट्याएर हामीहरुले बनाउन सफल भयौ । क्वाटर भवनमा मेडिकल सुपरिटेण्डेन्ट सहित डाक्टरहरु सबैलाई व्यवस्था गरेका छै । तर, कुरा के छ भने सरकारको बजेट आर्थिक बर्षको अन्तिम जेठमा आउने र असारमा सक्नुपर्दो रहेछ । जेठमा ११ वटा कोठा बनाउनका लागि बजेट आयो । असार सम्ममा पुरा काम गर्न सकिएन । जसका कारण हामीहरुले धेरै प्रयास गर्दा पनि ३० लाख फिर्ता गर्नुपर्ने भयो । तर, प्रदेश सरकारले फेरी उक्त रकम दिने आश्वासन दिएको छ । त्यो आयो भने थप क्वाटरको पनि व्यवस्थापन गर्छौ ।
अस्पताल सुधार–५
अस्पतालमा परिक्षण, उपचार, बाहिरी बातावरणमा मनपरी आवागमन, होहल्ला, पार्किङ गर्ने परिपाटी व्यापक थियो । हामी आए पछि अस्पताल जस्तो संवेदनशिल क्षेत्रलाई त्यही किसिमले व्यवस्थापन गर्नुपर्छ भन्ने हिसावले दुई जना चौकिदार राख्यौ । २४ सै घण्टा अस्पतालको रेखदेख गर्ने व्यवस्था गरेका छौ । यहाँ भन्दा पहिले रक्सी खाएका मान्छेहरु आएर पनि हो–हल्ला गर्ने, सवारी चालकहरुले हर्न बजाउने, सिनेमा हल जस्तो देखिन्थ्यो । त्यसकारण हामीले गाडी बाईक पार्किङका लागि पनि छुट्टै व्यवस्था गरेका छौ । बिरामी लिएर आएका गाडीहरुलाई मात्र गेट खोल्ने व्यवस्था गरिएको छ । यसले अस्पताललाई शान्त, सुव्यवस्थित बनाउन सहयोग पुगेको छ । सेवाग्राहीले पनि फरक महुशुस गरेको हुुनुपर्छ ।
अस्पताल सुधार–६
अञ्चल अस्पताल बागलुङमा आँफ्ना निकट कोही आफन्त थिए ? या आँफ्नो पद, प्रतिष्ठाका कारण सिधा उपचार परिक्षणमा पहुँच राख्नुहुन्थ्यो ? यदी यो अव्यवस्थित प्रणालीको कुनै न कुनै हिसावले लाभ लिनुभएको थियो भने अब त्यो अवस्था अन्त्य भउको छ । अहिले अस्पतालमा क्यू सिस्टम लागु गरिएको छ । यसले अस्पतालमा पहुँचवालाको प्राथमिकताको उपचार गर्ने प्रवृत्ति रोकिनेछ । लामो समय लाइनमा उभिनु पर्ने छैन । टोकन लिए पछि आँफ्नो पालोमा उपचार सेवा प्राप्त गर्न सकिनेछ । जसले अस्पताल प्रति नागरिकको भरोसा र बिश्वास बढाउन टेवा दिने छ । क्यु सिस्टम व्यवस्थापनका लागि उपकरण खरिद गर्न बागलुङ बजारका अमेरिकामा रहेका उज्वल खड्काले २ लाख र बागलुङ अस्पताल सहयोग समिति जापान–१९९९ ले ९९ हजार ६ सय ८१ रुपैयाँ सहयोग गरेका थियो ।
अस्पताल सुधार–७
हरेक शिशुको स्तनपान अधिकार हो । तर, सार्वजनिक र खुल्ला स्थलहरुमा महिलाहरुलाई स्तनपान गराउन असहज हुने गरेको यथार्थता हामी माझ छ । यही समस्या र आवश्यकतालाई ध्यानमा राखेर धौलागिरि अञ्चल अस्पतामा स्तनपान कक्ष स्थापना गरिएको छ । आमा र शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पताल परिसरमै स्तनपान कक्ष बनाइएको हो । स्तनपानका लागि सुरक्षित ठाउँको अभावमा बच्चा जन्माएका आमा लज्जित हुने गरेका थिए । स्तनपान कक्षमा एकै पटक दश आमा बसेर स्तनपान तथा आराम गर्न सक्नेछन् । सार्वजनिक स्थलमा आफ्ना शिशुलाई स्तनपान गराउन महिलाहरुले असजिलो महुशुस गर्ने र त्यसले आमा तथा बच्चाको स्वास्थ्यमा असर गर्ने भएकाले अस्पताल परिसरमै स्तनपान कक्ष जरुर आवश्यकता थियो । जुन अस्पताल व्यवस्थापन र प्रशासनले सञ्चालन गर्न प्रयास ग¥यो ।
अस्पताल सुधार–८
अस्पतालमा पहिले निशुल्क औषधि कक्ष र फार्मेसी सगोलमा थियो । त्यसक्रममा केही अन्यौलता, द्धिविधा भएको सेवाग्राहीको गुनासो पछि अहिले हामीले निशुल्क औषधि कक्ष छुट्टै र फार्मेसी छुट्टै राखेका छौ । जसबाट सेवाग्राही नागरिकले पहिले निशुल्क औषधि कक्षमा गएर त्यहाँबाट प्राप्त गर्ने औषधि लिने र त्यहाँबाट प्राप्त नहुने औषधि मात्र फार्मेसी र साझाबाट लिन सकिने गरि व्यवस्थापन गरेका छौ ।
अस्पताल सुधार–९
अस्पतालमा डायलासिस सेवा सञ्चालनमा छ । यसलाई अझ संख्या र सेवामा विस्तार गर्ने सोच छ । ल्यावमा थाइराइड लगायतको आधुनिक हिसावले परिक्षण गर्न थालेका छौ । पहिले महिला पुरुषको एकै ठाउँमा उपचार, बस्ने अवस्था रहेकोमा अहिले महिला पुरुषका लागि छुट्टा–छुट्टै कक्ष बनाएका छौ । अस्पतालमा जाँदा म बिरामी हो, कमजोर भएर आएको हो भन्ने मनोविज्ञान हटोस् भन्नका लागि सरसफाई व्यवस्थापन गर्ने हाम्रो प्रयास जारी छ । अस्पतालमा राति पनि उज्यालो हुन्छ । प्रभु बैकंको सहयोगमा बत्ति हालिएको छ । सेवाग्राही, कार्यरत स्वास्थ्यकर्मी सबैलाई यसले धेरै सजिलो भएको छ । सिटीजन बैकंले प्रवेशद्धार छेउमा एटिएम व्यवस्था गरिदिएको छ ।
अस्पताल सुधार–१०
धौलागिरी अञ्चल अस्पतालमा पूर्वाधार संरचनाका हिसावले पनि लामो समयदेखि अलपत्र र अस्तव्यस्तताको शिकार बन्यो । अस्पतालमा निर्माणाधिन सि ब्लक अहिले पनि अलपत्र अवस्थामा छ । बि ब्लक भवन भने निर्माण सम्झौता अवधिको धेरै पछि भए पनि लामो कसरत पछि निर्माण कम्पनीले अस्पताललाई सम्पन्न गरेर हस्तान्तरण गरेको छ । जसको मंगलबार गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्ने कार्यक्रम छ । यो ब्लक मार्फत ओपिडी, फार्मेसी, निशुल्क औषधि बितरण कक्ष लगायतका शाखा सञ्चालन गरेका छौ ।
अबका १० योजना
१. थप बिशेषज्ञ डाक्टर ल्याउने
२. आइसियु सेवा सञ्चालन गर्ने
३. सिटी स्क्यान स्थापना गर्ने
४. अस्पतालको अलपत्र सि ब्लक निर्माणलाई पुर्णता दिने
५. अस्पतालका सबै ब्लकमा लिफ्ट बनाउने
६. अस्पतालका फोहोर विसर्जनका लागि आधुनिक चिम्नी
७. अस्पतालमा क्यान्टिन व्यवस्थित र विस्तार गर्ने
८. अस्पतालमै वासिङ रुमको व्यवस्था गर्ने
९. शुद्ध खानेपानी व्यवस्थापन गर्ने
(रोटरी क्लबसँग समन्वय गरेर एक लाख लिटरको ट्ंयाकी निर्माण गर्ने)
१०. अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारीको समय सापेक्ष क्षमता विकास गर्ने
सुधारात्मक कार्यको लागि धन्यबाद दिदै अझै सुबिधासम्पन्न होस शुभ कामना,सकारात्मक समचार सम्प्रेषण कर्तालाई थप धन्यवाद,
doctors जति ल्याएपनी जहिले पुग्दा नि सम्बन्धित doctor बिदामा वा meeting मा हुनुहुन्छ भन्ने पाइयो सन्जोक होकि खै के हो