कन्ट्रयाक ट्रेसिङबाट बागलुङमा थप एक महिलामा कोरोना पुष्टि

आदर्श अनलाइन,बागलुङ

जिल्लामा कोराेना संक्रमितको सम्पर्कमा रहेका अर्का थप एक महिलामा पनि कोरोना पुष्टि भएको छ ।

यो सँगै गत साउन ३२ गते संक्रमण पुष्टि भएकी बानपा–३ हाडेपाखामा कुखुरा पालन व्यवसाय गर्ने २३ बर्षिय महिलाको कन्ट्रयाक ट्रेसिङमा परेका मध्ये संक्रमित हुनेको संख्या ७ पुगेको छ । यसअघि एकै साथ कन्ट्रयाक ट्रेसिङमा परेका ६ जनामा संक्रमण पुष्टि भएको थियो भने बडिगाडमा पनि संक्रमित वडा अध्यक्षको कन्ट्रयाक ट्रेसिङमा अर्का वडा अध्यक्षलाई पनि संक्रमण भएको पुष्टि भएको थियो ।

पोखराको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बागलुङ नगरपालिका–२ की २६ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको बागलुङ नगरपालिका नगरस्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । संक्रमण पुष्टि भएका महिलालाई धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा राखिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *