गण्डकी प्रदेशमा थप २१ जना कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन,पोखरा  
गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

जस अनुसार नवलपरासी पूर्वका १८ जना छन् । संक्रतिमहरु विनयत्रिवेणी गाउँपालिका वडा नम्बर ६ का १० जना पुरुष र ३ जना महिला छन् । त्यस्तै गाउँपालिका कै वडा नम्बर ७ का २ जना महिला तथा ३ जना पुरुष रहेका छन् ।

यता बाग्लुङको बाग्लुङ नगरपालिका वडा नम्बर २ का १ जना महिलालाई कोरोना पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ । केन्द्रमा गरिएको परिक्षणका क्रममा विराटनगर महानगरपालिका तथा चितवनको भरतपुर घर भइ हाल मनाङमा काम गर्दै आएका २ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ८ सय ४४ पुगेको छ ।

गण्डकी प्रदेशमा थप २१ जना कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *