गाँजासहित २ जना पक्राउ

आदर्श अनलाइन,पोखरा

कास्की प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजासहित २ पोखराबाट २ जनालाई पक्राउ गरेको छ ।

गाँजा विक्री तथा ओसापसार आरोपमा पोखरा २७ अर्घौ ज्यामिरकुनाबाट २३ वर्षीय सन्दीप विक र २९ वर्षीय किशोर तिमिल्सिनालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।

विक र तिमिल्सिना सवार ग५प ५८७९ नम्बरको मोटसाइकलबाट २० ग्राम गाँजा फेला परेपछि इलाका प्रहरी कार्यालय डाँडाकोनाक टोलीले उनीहरु बस्ने कोठामासमेत खानतलासी गरेको थियो ।

सन्दीप विक बस्ने कोठाबाट १ किलो ४ सय ४० ग्राम गाँँजा फेला परेको प्रवक्ता हमालले जानकारी दिए ।

उनीहरुको साथबाट २ थान मोबाइल र प्रयोग गरिएको मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरु विरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ विपरितको कसुर अन्तर्गत मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट १७ दिनको म्याद थप गरिएको छ । घटनाउपर थप अनुसन्धान भइरहेको प्रवक्ता हमालले जानकारी दिए ।

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कास्की प्रहरीले लागुऔषध मुद्दामा अदालतबाट दोषि ठहर भइसकेपछि फरार भएका १ जनालाई पक्राउ गरेको छ ।

पोखरा १९ का २४ वर्षीय अश्विन बास्तोलालाई २०७६ कात्तिक २६ मा कास्की जल्ला अदालतले उक्त मुद्दामा ८ महिना कैद र २२ हजार जरिवाना सजाय तोकेको थियो ।

तर त्यसको झन्डै १ महिना पछि नै मंसिर २४ गतेको फैसलाले २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

फैसला लगत्तै फरार रहँदै आएका बास्तोलालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । उनी लेकसाइडमा बस्दै आइरहेको पत्तो पाएपछि प्रहरीले खोजी थालेको थियो । प्रहरीले उनलाई अदालतमा पेश गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *