राम सुवेदी
कर्म पवित्र । कर्मशिलताले जन्माएको जनविश्वास । जनविश्वासको आधारशिलाबाट उठाइएको वा उठेको नेतृत्व पात्रलाई हामीले आदर्श पात्र मान्छौं । समाजको गहन अध्ययन, अध्ययनले तिखारेको सिर्जनशिल बुद्धि, विवेक जो समाजकै लागि प्रयोगमा आएको होस् । सामाजिक स्वार्थ कठोर, व्यक्तिगत र समुहगत स्वार्थ गौण, आदर्श पात्रको मूलमन्त्र बन्नुपर्दछ । दर्शन, शिद्धान्त र विचारले परिपूर्ण व्यत्तित्व आदर्श चरित्रको पूजारी हो । मुख एकातिर मुढ अर्कातिर, आदर्श, पवित्रताको शैद्धान्तिक र व्यवहारिक परिचय मूलमन्त्र हुनुको सट्टा मलमुत्र देखाउनेहरु चित्रका आदर्श हुन्, चरित्रका कदापि होईनन् । यिनले आदर्शताको भद्धा मजाक गरिरहेका हुन्छन् ।
आज केही नेता नेतृत्वका कुरा चल्छन् । उनीहरुले दाउमा राखेको आदर्शता र त्यसको व्यापार घाटा नाफाको हिसाव किताब पनि हुन्छ । कतै सामाजिक नेतृत्वको सवालमा सामाजिक तवरले चर्चा हुन्छ । कसैले सामाजिक अभियान्ताका नामबाट केही गरे जस्तो, केही भएजस्तो वा हो, जस्तो गरि एकाद सपनाहरु बताउँछन् । मानवीय स्वभावजन्य गुण र दोष आम चरित्रमा कुरा हुन्छन् तर गुण बलवान तवसम्म हुन्छ जवसम्म आदर्शताको सार्थकता उच्च रहन्छ । जव गुणलाई दोषले हराएर दोषको अधिनस्तमा नेता, नेतृत्व, सामाजिक जीवनसँग जोडिएका व्यक्तिका आचरण, वानी व्यवहार र चरित्रका चिन्तन हुनथाल्दछन तव यसखालका विचारहरु प्रकट हुन्छन् । यसकारण पनि समाज, समुह र नेतृत्व गरिरहेको स्थानबाट दोषको चित्र बाहिर आउँछ । सत्यमा व्यक्तिप्रतिको मान, मर्यादा, सम्मान, आदा,र सत्कार स्वयंका कारणले हराउँदै जान्छ । त्यसवेला आदर्शता व्यापार घाटाको दाउमा चपेटिएको हुन्छ ।
सामाजिक उत्तरदायित्व, समुहगत जिम्मेवारी र सामुहित कर्तव्यलाई सम्पादन गर्न नजान्नु वर्तमानको जटिलता हो । सामाजिक कार्यसम्पादन क्षमता एक व्यक्ति आदर्श बन्छु भनेर गरिने र गर्ने अवस्था होईन । साझा सवालमा साझेदारिता, उत्तरदायित्व, काममा एकत्व र भावनात्मक मेलमिलापको बलले मात्र कार्यसम्पादनको परिणाम निस्कन्छ । मान्छेहरु पद, ओहोदा र स्थानको कदर होस भन्ठान्छ । त्यो पद,प्रतिष्ठा मानौं स्वयं व्यक्तिका कारणले निर्माण भएको वा प्राप्त भएको भ्रमले सायद त्यस्तो काम गरेको हुनुपर्दछ । भ्रम भित्रको अर्को भ्रम त्यो पनि हो, म आदर्श पात्र हो । सदाचारी, विवेकी र बहुत जिम्मेवार म मात्र हुँ । यि तमाम व्यक्तिवादी चरित्र र निजी आदर्शका कुरा होलान, तर सामाजिक चरित्र र चिन्तनको आदर्श मजाक मात्र हो ।
संस्था, संगठन र समुहगत जिम्मेवारीमा केही शुद्ध आचरण, व्यवहार, निष्ठा र उसले प्राप्त गरेको परिणामको सर्वस्वीकार्य प्रतिष्ठाको कुरा हुन्छ । यि सब चिज मान्छे आफुले एकल अभ्यास वा मनाशयले प्राप्त गरको निजी सम्पत्ति होईन । साझा र सामाजिक हैसियतबाट प्राप्त गरेको सम्पत्ति समाज र समुदायका लागि जहिलेसम्म प्रयोगमा सहजता हुन्छ तवसम्म साझा सम्पत्ति हुन्छन् । त्यस्ता व्यत्तित्व समाजका साझा नेतृत्व मानिन्छन् । उनका गुणहरु सामाजिक सम्पत्तिका रुपमा आदर्श चरित्रको भावले सम्मान सत्कारकासाथ अपनत्वमा लिइएको हुन्छ ।
विषय साधारण छ । जो जो राजनीतिमा छन् । नेतृत्व गरेका छन् । नेता कहलिएका छन् । उनीहरु आफ्नो रणनैतिक र कार्यनैतिक सवालमा अडिग बताउँछन् । दर्शनका भजन गाउँछन् । कार्यकर्ता यता उता रिंगाउँछन् । अन्ततः नेता र नेतृत्व पदीय लोभ, लालच र स्वार्थबाट उठ्न नसकेर राजनीति थलिएको छ । संस्कारका कुरा सिकाउनेहरुसँग तमान गन्हाउने कुसंस्कारहरु जीवित छन् । राजनीति शत्ता साहत्व हो तर, सामुहिक स्वार्थको सीमा नाघेर घोर नीजी स्वार्थको दासत्व होईन र हुनुहुँदैन । आज यही सवाल चर्चामा देखिन्छ । फोहेरी खेल यदि कहीं कतै छ भने, त्यो बचेखुचेको दुर्घन्धित, निष्कृष्ट र अपमानित बीजारोपण बर्तमान राजनैतिक चंगोलमै छ । चाहे जनमत जितेर बनेको राज्यसत्तामा रहेको राजनैतिक पार्टि होस् चाहे सत्ता स्वार्थका लागि मरिहत्ते गर्ने झिनामसिना सत्तालिप्त भुरे राजनैतिक पार्टि किन नहोउन् । राज्य सत्ता जनताको सेवक यो अवस्थामा हुन सक्दैन र परिकल्पनासम्म गर्न सकिंदैन । कारण यो राज्य सत्ता लाटा, सोझा, गरिब, पीडितको भजनगाएर निर्माण गरिएको एक सफेत झुटको फण्डा हो । यस्तो फण्डाबाट सत्ताको भ¥याङका उक्लन चाहनेहरु चाहे आफूलाई निके कम्युनिष्ट सर्वहारावादी र वर्गिय संघर्षका मुखौले क्रान्तिकारी पार्टि जो सत्ता स्वार्थका खातिर वर्तमान सत्ताको गिजलिएको संस्कारका कार्यनैतिक पालक होउन वा यही राज्य प्रणालीबाट समाजवाद हुँदै साम्यवादसम्मको नारा भज्ने बकवास पूँजीवादी निन्दनीय राजनैतिक रंगीविरंगी दलबल जो कसै होउन् । सबै आदर्श बेचेर स्वार्थ साटने बबुराहरुको भिडभाड मात्र हो ।
आदर्श कसैको देखावटी लिला हेरेर मर्यादा हासिल गर्ने सर्टिफिकेट होईन । दाह्री कपाल सेताम्मे भएर प्राप्त गर्ने उच्च श्रेणीपनि होईन । समाजविकाससँगै जनसंघर्षमा संघर्षशील उपमा, त्यो पनि आफै निर्माण गरेर गुथेको पगेरी पनि होईन । कुनै साधना, तपश्या र अन्धभक्तहरुको तपोभूमिबाट सिर्जित घोकन्थे शिष्यले प्राप्त गर्ने ग्रन्थको पदावली पनि होईन । सत्कर्मबाट उर्जाशील सत्य, निष्ठा र समाजले पत्याएको नैतिक आधारको जगबाट निर्मित लक्षित वर्ग समुदायको हितकारी योजना, नीति, कार्यशैली, प्रणाली र व्यवहारको उपमा आदर्श हो ।
आदर्श नेता र नेतृत्व शिद्धान्ततः सत्कर्म गर्नेहरुको बैरी हुँदैन । न त स्वःवर्गको अहितमा स्वार्थ जोड्छ । गुटगत हितको झिनो ओहोदा खोज्दैन । आफ्नालाई नै नचिन्ने नजान्ने र आफ्नाहरुसँग बस्न अफ्ठेरो मान्नेहरु एकलकाटे हुन् । जस्ले अरुलाई गलत सावित गर्न पद, ओहोदा र कार्यप्रणालीको दुरुपयोग गरेर व्यवभिचारको पालक बन्छन् । यस्ताले समाज बदल्छन भनेर पत्याउने सिमित स्वार्थ जोडिएका उस्तै बानी व्यहोराका यो वा त्यो होलान, त्यस्ता हनुमाने चरित्रले, भएको चित्र बेच्छ र आदर्शपात्रलाई कलंकित बनाएर, ढिलो चाँडो अफ्ठेरोमा फालिदिन्छ । मानवीय स्वभाव हो कोही गम्भीर हुन्छ, कोही चन्चन पनि हुन्छ, कोही हाकाहाकी बोल्छ, कोही घुसघुसे पनि हुन्छ । आ आफ्ना स्वभावजन्य सवालले सामाजिक एकता र बल प्रदान गर्दैन । समाजका रुपान्तरक भन्न रुचाउनेहरु, एक बन्द कोठामा रुझेको बिरालो जस्तो गरि, ङ्यारङ्यार गरिरँदा आदर्शको कति मजाक गरिएको होला भन्ने सामान्य मान्छेलाई पत्यान गाह्रो पर्दैन । नीच, तुच्छ, छुच्चो र स्वार्थीहुनुकोपनि एकाद सीमा छन होला । कम्तिमा लोकको लाज ढाक्ने क्षमता नै हुँदैन भने, खुला सडकमा पवित्रता फुकाएको दुनियाँले हेरेर आदर्शपात्रको बगैजा कसैले सजाउनेवाला छैन । भएका उखेलिदेउ, उजाडिदेउ, उजाडता रोमान्स गर, नैतिक मूल्य मान्यता स्थापित होईन विस्थापित गर । मै खाउँ, मैलाउँ र मै जे जे जान्या हो गरुँ भन्ने दम्भको स्वमान आफू आफैलाई ठान । समाजमा, सामाजिक जीवनशैलीमा, राजनीतिमा यस्ता पात्रहरुको सदाचारीतामा धमिरोले मर्दानी उल्लंघन गरेको हेरेर लज्जित आँखाले आदर्शताको खुल्ला मजाक केही समय हेरिरहनु पर्ला, भविश्यसम्म पर्दैन । किन कि, आदर्श, मर्यादा, सामाजिक मूल्य, मान्यता भन्ने बजारमा किनबेच हुनेचीज होईनन् र सिमित मान्छेहरुको स्वार्थका लागि बनाइएका वा रचना गरिएको शब्द पनि होइन । स्वाभिमानी मान्छे स्वार्थका कारण अज्ञानी हुनु युगको दोष होईन र रहन्न ।