सभामुख-कर्मचारी यौन प्रकरणको सन्देश

सम्पादकीय
हिलाम्य दशैंको ह्याङमा थिए अधिक नागरिक । कोही थिए चाडकै सम्मुखमा घर फिर्तीको यात्रामा । थिए अरु नागरिक आ–आँफ्नै व्यस्तता र सुरमा । कोही दिनभरको नियमित दैनिकी सकेर आराममा । तर, सोमवार साँझ एकाएक सन्नाटा छाउने खबर सनसनी भयो । क्षणभरमै मुलुकको नीति बनाउने व्यवस्था सम्हालेका सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमै कार्यरत कर्मचारीलाई जर्बजस्ती करणीको प्रयास । सामान्य नागरिकले सुन्दा पनि निकै अस्वभाविक र अकल्पनीय लाग्ने घटनाले पुरै देश पलभरमै तरंगित भयो । महिलाको दावी अनुसार सभामुख महराको नयाँ अवतार बारे सामाजिक सञ्जाल र अनलाइन समाचार, तथानाम गालीले भरियोे । महिलाको उद्वरणयुक्त समाचारमा पुरा बिश्वास नहुनेहरुका लागि केही घण्टा भित्रै थप अन्र्तवार्ता सहितको भिडियो सार्वजनिक भयो । कोही स्तब्ध भए, कोही चकित भए ।

जे घटना भएको सार्वजनिक भयो । त्यो सामान्य बिषय कदापी थिएन । र देश बिदेशबाट घटना प्रतिको चासो, नारी संवेदनशिलता र मिडियाको चौतर्फी दबाबका बीच सत्ताको बागडोर सम्हालिरहेको नेकपालाई पनि सोचनीय बनायो । जसका कारण सभामुखलाई पदबाट राजीनामा दिन सुझायो । अघिल्लो दिन समाचारको खण्डन गर्दै संसद सचिवालयले निकालेको विज्ञप्तीका बाबजुत अन्ततः सभामुख महराले राजीनामा दिए । संवेदनशिल घटना र सवाल भएकाले यो अवस्था त हिजै आउछ भन्ने हेक्का राख्न सक्नुपथ्र्यो । यद्यपी, १० घण्टा ढिला भए पनि अनुसन्धानलाई मद्दत गर्ने गरि आएको राजीनामा सकरात्मक कदम हो । अब निष्पक्ष छानविन होस् । नैतिक रुपमा त्यति बलियो भई नसकेको भारतीय बावाराज वा जोगीराज जस्तै छ यो दुनियाँ पनि । भक्त र अन्धभक्तहरूले कति थेग्छन ? र कतिबेला कसले कसरी फसाउछ र को को फस्छन् भन्ने कुनै अनुमान, आँकलन गर्नै नसकिने परिवेश छ । यस्तो अवस्थामा हरेक व्यक्तिले सचेततापूर्वक कदम चाल्नुपर्नेछ । पहिलो दिन जबक भयो भनेर क्रन्दन पोख्ने महिला दोस्रो दिन त्यस्तो दुव्र्यवहार केही गर्नुभएको छैन भनेर भन्ने अवस्थाले यो सवाल अझ बढी बिरोधाभाष भएको छ ।

सभामुख कर्मचारी यौन दुव्र्यवहार प्रकरण अब अनुसन्धान गर्ने निकायलाई छोडौं । प्रहरीले हिजो सम्मको सभामुखको सम्माननीय भन्ने पदको कुनै दबाब र प्रभावमा नपरेर निश्पक्ष छानविन गर्नुपर्छ । महिलाको द्वैध चरित्र र बिषय बाहिर आएको छ । यो प्रकरणले समाजमा ठुला ठुला पद हासिल गरेका व्यक्तिहरु पनि महिला, मदिरा जस्ता बिषयमा कसरी फस्न सक्छन् ? यसले संर्घष र युद्धबाट बर्षौ लगाएर आर्जेको सामाजिक पद, प्रतिष्ठा र चरित्रलाई कसरी क्षणभरमै खरानी बनाउन सक्छ ? सजिलै आँकलन गर्न सकिन्छ । यदी सभामुखले महिला माथि मदिराको मातमा पदिय मर्यादा भुलेर जबक प्रयास गरेका हुन् भने जेल किन नहोस्, यथोचित सजाय पाउनुपर्छ । तर, महिलाले आँशुको सहारामा कुनै निश्चित स्वार्थ र नियोजित योजनामा खेलवाड गरेका हुन् भने उनलाई पनि माफी या मिलापत्रको नाममा कदापी छुट दिनु हुँदैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *