सेवा हस्पिटलका नर्स र आइसियुका बिरामीमा कोरोना

आदर्श अनलाइन, पोखरा

कास्की सेवा हस्पिटलकी १ नर्स र १ बिरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहान ठेगाना नखुलाई पाेखरामा २ जना संक्रमित थपिएकाे जानकारी दिएकाे थियाे । ती २ जना यिनै सेवा हस्पिटलका भएकाे थाहा भएकाे छ ।

पोखरा महानगरपालिकाका स्रोतका अनुसार संक्रमित बिरामी आइसियुमा उपचाररत छन् । ‘आइसियुमा उपचाररत एक जना र १ जना नर्सिङ स्टाफलाई पोजेटिभ देखिएको छ । हामी थप बुझ्दैछौं,’ महानगर स्रोतले भन्यो ।

संक्रमित ३० वर्षीया नर्स वडा नम्बर १४ की हुन् । संक्रमित ३२ वर्षकी बिरामी महिला पोखरा १२ की हुन् । संक्रमित दुवैको स्वास्थ्य अवस्थाबारे अस्पतालमा बुझ्न खोज्दा कसैसँग सम्पर्क हुन सकेन ।

तनहुँबाट उपचार गराउन आएकी ५० वर्षीया महिलामा १ भदौमा कोरोना पुष्टि भएको थियो । ती महिलाको उपचारकै क्रममा अस्पतालमै मृत्यु भएको थियो । त्यसपछि त्यहाँका स्वास्थ्यकर्मी, कर्मचारी र बिरामीमा परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको हो ।

निमोनिया भएपछि पोखरा आएकी तनहुँको व्यास नगरपालिका १ मी ती महिलामा मुटुरोग र मधुमेह समेत थियो । तर आइतबार कोरोना पोजेटिभ देखिएकी महिला तनहुँकी संक्रमितभन्दा पहिल्यै अस्पतालमा भर्ना भएको महानगरपालिका स्रोतले जनाएको छ ।

तनहुँकी मृतक महिलाकी २५ वर्षे छोरीमा समेत कोरोना पुष्टि भएको छ । पोखरामा कोरोना संक्रमितको संख्या २ सय ६१ पुगेको छ । संक्रमितमध्ये १ सय ५१ जना निको भएका छन् भने २ संक्रमितको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *