गण्डकी प्रदेशमा संक्रमितको सम्पर्कका ९ जनामा कोरोना पुष्टि

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा आइतवार थप ९ जना नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै कोरोना संक्रमितको संख्या १ हजार ८ सय ७९ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ९ जना सबै संक्रमित संक्रमितको सम्पर्कमा भएका कन्ट्याक्ट टेसि मार्फत पहिचान हुनुभएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिए । जसमा कास्की जिल्ला पोखरा महानगरपालिका १६ का संक्रमित पुरुष ट्याक्सी चालक समेत रहेको खुलेको छ । संक्रमित हुनेमा कास्की, गोरखा र नवलपुरका छन् । कास्कीका २ जना, गोरखाको १ जना र नवलपुरको ६ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६ सय ११ छन् ।

No photo description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *