ताराखोला गाउँपालिका कोरोना संक्रमण मुक्त, क्वारेन्टिन पनि रित्तिए

डम्मर बुढा मगर, बागलुङ
ताराखाला गाउँपालिका कोरोना संक्रमण मुक्त भएको छ । गाउँपालिकामा बाहिरी मुलुबाट आएका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु सबै निको भएर घर फर्किएका छन् ।

गाउँपालिकाले निर्माण गरेका क्वारेन्टिन पनि खाली भएको गाउँपालिकाका कोभिड–१९ फोकल पर्सन दिपक खड्काले जानकारी दिनुभयो ।

‘गाउँपालिकाले निर्माण गरेका सबै क्वारेन्टिनहरु खाली भएका छन्, संक्रमितहरु पनि सबै निको भएर घर फर्किसक्नुभएको छ,’ खड्काले भन्नुभयो ‘अथ थप आउनेलाई व्यस्पथान गर्न केही सहज हुने छ, अहिले गाउँपालिका कोरोना संक्रमण मुक्तत भएको छ ।’

गाउँपालिकाले समुदायस्तरमा समेत दुई पटक कोरोना परीक्षण गरेको र कसैमा पनि संक्रमण नभेटिएको खड्काको भनाई छ । भारत तथा अन्य मुलुकबाट आए क्वारेन्टिनमा १ सय ४३ जना बसेको र उनीहरुमा संक्रमण नदेखिएपछि घर गएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले कम खर्चमा राम्रो व्यवस्थापन गरेको र कोरोना नियन्त्रणमा अहिलेसम्म आफूहरु सफल भएको खड्काले दाबी गर्नुभयो । कोरोना नियन्त्रण गर्न गाउँपालिकाले हालसम्म २८ लाख खर्च खर्च गरेको खड्काले जानकारी दिनुभयो । यो खर्च जिल्लाका बसै पालिकाको भन्दा कम खर्चको रुपमा लिन सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *