११ विद्यालयमा एकैसाथ प्रविधिमैत्री शिक्षा

आदर्श अनलाइन, बागलुङ
बढ्दो प्रविधिको विकास सँगै बागलुङका ११ विद्यालयमा एकै साथ कम्प्युटर शिक्षा प्रदान गरिने भएको छ ।

नेपाल सरकारको दुर सञ्चार संस्थानले बागलुङ जिल्लाका ११ विद्यालयमा एकै साथ कम्प्युटर शिक्षा अध्यापनका लागि प्राविधक सहयोग गरेको छ ।

संस्थानले प्रत्येक विद्यालयमा विद्यार्थी संख्या र आवश्यकताको आधारमा प्रविधिबाटै अध्ययन अध्यापन गराउनका लागि कम्प्युटर, प्रोजेक्टर, साउण्ड सिस्टम लगायतका आवश्यक उपकरण प्रदान गरेको छ ।

जिल्लाका ११ विद्यालयमा विद्यार्थी संख्याका आधारमा १० देखि ३० थान कम्प्युटर तथा अन्य प्रविधिमैत्री सामग्री प्रदान गरेको नेपाल दूर सञ्चार संस्थानले जनाएको छ ।

बागलुङ नगरपालिकाको रुद्रेपिपल माध्यमिक विद्यालय र पृथ्वी हिरण्य माध्यामिक विद्यालय अमलाचौर, काठेखोला गाउँपालिकाको भिमसेन माध्यमिक विद्यालय बिहुँ, ताराखोला गाउँपालिकाको नेपाल माध्यमिक विद्यालय तारा र गलकोटको रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालय रिघा, जैमिनी नगरपालिकाको जनकल्याण माध्यामिक विद्यालयमा कम्प्युटर सहित अन्य प्राविधिक सामाग्री जडान गरिएको छ ।

यस्तै बडिगाड गाउँपालिकाको त्रिभुवन माध्यमिक विद्यालय खरबाङ, ढोरपाटन नगरपालिकाको उत्तरगंगा मावि बुर्तिबाङ र ज्ञानोदय माध्यमिक विद्यालय, तमानखोला गाउँपालिकाकोे सरस्वती आधारभूत विद्यालय र निसीखोला गाउँपालिकाको ज्ञानेन्द्र माध्यमिक विद्यालयलाई प्रविधिमैत्री विद्यालय छनोट भएका छन् ।

विद्यालयलाई प्रविधिमैत्री बनाई सिकाईलाई प्रभावकारी बनाउन दुर सञ्चार संस्थानले भिमसेन माध्यामिक विद्यालय सहित जिल्लाका १० माध्यामिक र एक आधारभूत विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्नका लागि कम्प्युटर, साउण्ड, प्रोजेक्टर सहितका प्राविधिक सामग्री सहयोग गरेको भिमसेन माध्यामिक विद्यालयका शिक्षक तथा प्रविधिमैत्री शिक्षक समाज बागलुङका अध्यक्ष डिल्लीराज उपाध्यायले जानकारी दिनुभयो । “अहिले प्राविधिक रुपमै शिक्षा दिने प्रचलन बढ्दो छ, त्यसैले देशभरका विद्यालयलाई सहयोग गर्ने अभियान अन्र्तगत दूर सञ्चार संस्थानले बागलुङका ११ विद्यालयमा कम्प्युटर ल्याव सहित प्राविधिक सामग्री सहयोग गरेको हो” उपाध्यायले भन्नुभयो “उक्त सामग्रीले विद्यालयमा कम्युटर शिक्षा तथा प्रविधिको माध्यमबाट इन्टरनेट तथा मल्टिमिडिया प्रणालीबाट अध्ययन अध्यापन गराउन सकिनेछ ।”

कम्प्युटर ल्याब स्थापना भएपछि विद्यार्थीलाई अध्यापन गराउन सहज हुने रुद्रेपिपल माध्यामिक विद्यालयमा प्रधानध्यापक राजेश श्रेष्ठले बताउनुभयो । नेपाल दूर सञ्चार संस्थानले आर्थिक वर्ष २०७६/०७७ मा विनियोजन गरेको बजेट कोरोनाका कारण २०७७ साउनमा मात्रै कार्यान्वयनमा ल्याइएको नेपाल दूर सञ्चर संस्थानका अच्युतानद्यनले जानकारी दिनुभयो ।

देशैभरबाट छनौट गरिएका विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्नका लागि ओबिसिआई/म्याक्स/नेपा जेभीले टेण्डर मार्फत विद्यालयमा कम्प्युटर लगायतका उपकरण जडान गरेको कम्पनीका प्रतिनिधि वतेश न्यौपानले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *