धम्जाका खत्रीलाई आन्द्राको क्यान्सर, सहयोग अभियान शुरु

आदर्श अनलाइन बागलुङ
बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जाका ४२ बर्षिय नुनबहादुर (गणेश) खत्रीको उपचारका लागि स्थानीय स्तरबाट सहयोग अभियान शुरु गरिएको छ ।

आन्द्राको क्यान्सर, कार्सिनोमा रोगबाट ग्रसित भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत रहेका खत्री पारिवारिक अवस्था कमजोर छ ।

भारतको सिलाङमा लामो समयदेखि कार्यरत खत्रीको बिरामी भए पछि उपचारमा साढे ३ लाख बढी रकम खर्च भइसकेको श्रीमति सावित्रा खत्रीले बताउनुभयो । अझै लाखौ रकम लाग्ने अस्पतालले बताएको तर परिवारको तर्फबाट ठुलो रकम जोहो गर्ने सम्भावना नभएकाले देश बिदेशमा रहेका नेपाली समक्ष सहयोगका लागि हात फैलाउन बिबश भएको उहाँको भनाई छ ।

खत्रीका १६ बर्षिया छोरी एलिसा र १३ बर्षिय छोरा नारायण छन् । खत्रीको उपचारका लागि देश बिदेशबाट एकै साथ स्वतस्फुर्त रुपमा सहयोग अभियान शुरु गरिएको अभियानका मुख्य संयोजनकर्ता दिल शिरीषले बताउनुभयो । ‘सामाजिक, मानवीय सेवा भावले स्वतस्फुर्त रुपमा गणेश खत्री उपचार सहयोग अभियान शुरु गरेका छौ,’ पत्रकार महासंघ बागलुङका अध्यक्ष समेत रहनुभएका शिरीषले भन्नुभयो, ‘हामीले अबको एक महिना अभियानलाई सबै तिर अपिल गरेर रकम संकलन गर्नेछौ र पारदर्शी हिसावले सबै रकम परिवारलाई हस्तान्रण गर्नेछौ ।’

परोपकारी मन भएका सँगको आशा र भरोसामा सञ्चालित अभियानमा जोडिन चाहनेहरुले सिधै कैलाश विकास बैकं बागलुङामा हुममाया क्षत्री केसीको नाममा रहेको खाता नम्बर ००८००९००११६४१९०००००१ मा रकम जम्मा गर्न सक्ने अर्का अभियन्ता काठेखोला गाउँपालिका ३ का वडा सदस्य खुमबहादुर भण्डारीले बताउनुभयो । मंगलबारदेखि थालिएको सहयोग अभियान अन्र्तगत देश बिदेशमा सामाजिक सञ्जाल र सामुहिक रुपमा सहयोग संकलन समेत प्रारम्भ भएको छ । यस अभियानमा सबैलाई सहयोग गरिदिन परिवारले सार्वजनिक रुपमा अपिल समेत गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *