मालिका समाज जापानले दियो सापकोटालाई साढे तीन लाख

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–५ की नन्दकली सापकोटालाई मालिका समाज जापानले आर्थिक सहयोग गरेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ५ ले स्थापना गरेको राहात कोषमा समाज जापानबाट संकलित सहयोग रकम सेरेब्रल एन्यूरिज्म कोइलिंग नामक रोगले ग्रसित सापकोटाको उपचारको लागि वडा समितिले हस्तान्तरण गरेको हो ।

महंगो उपचार भएको र पारिवारिको आर्थिक अवस्था कमजोर रहेको हुँदा मालिका समाजले संकलन गरेको ३ लाख ५७ हजार ५ सय रुपैया सोमबार बागलुङ नगरपालिका–५ ले सापकोटाको निवासमा पुगेर वडा अध्यक्ष शिवप्रसाद सापकोटाले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

वडा अध्यक्ष सापकोटाले देश संघीयतमा गए पश्चात वडालाई आर्थिक अधिकार नभएकाले तत्काल आर्थिक सहयोग गर्नुपर्ने अवस्थामा पनि गर्न नसक्ने अवस्था रहेको बताउनुभयो । उहाँले मालिका समाजले गरेको यस्तो कार्य प्रशंसनीय भएको भन्दै धन्यबाद दिनुभयो ।

कार्यक्रमा नेपाली काङग्रेसका वडा सभापती फुल प्रसाद सापकोटको परिवारले पनि २५ हजार सहयोग गरेको छ । सभापती सापकोटाका बुवा धनपत सापकोटाले परिवारलाई रकम हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा स्थानिय जयभद्र सापकोटाले परिवारको अवस्था एवं अहिलेसम्म गरिएको उपचारको बारेमा जानकारी गराउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *