प्रतिक्षालयमा महिलाको शव फेला

आदर्श अनलाइन,पोखरा

पोखरा ३२ लामेआहाल पृथ्वीराजमार्गसँग जोडिएको प्रतिक्षालयमा १ महिलाको शव फेला परेको छ । अन्दाजी ३८/४० वर्ष जस्ताे देखिने महिलाको पहिचान भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।

सोमबार साढे ८ बजेमात्र शव प्रतिक्षालयमा रहेको खबर प्रहरीलाई पुगेको थियो । घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय डाँडाकाेनाक टोलीले शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ ।

‘शव कपडाले बेरिएको अवस्थामा थियो,’ डाँडाकोनाक कार्यालयका प्रहरी प्रमुख तथा डिएसपी अर्जुन रानाभाटले भने, ‘मुख र नाकमा रगत पनि देखिन्छ ।’

पोस्टमार्टम पछि मात्र घटनाबारे थप खुल्ने उनको भनाई छ । शवमा बाहिरी चोट नदेखिएको अनुसन्धानमा खटिएका १ प्रहरी अधिकारीले जानकारी दिए ।घटनामाथि अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता हमालले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *