एकै संक्रमितबाट ९ जनामा संक्रमण

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकामा अहिले कोरोना संक्रमण समुदाय स्तरमा तिव्र गतिमा फैलिएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर ३ कि महिला व्यवसायीमा एक साता अघि कोरोना संक्रमण पुष्टि भयो । अस्पतालमा बिरामी भएर परीक्षणका लागि पुगेका उनलाई कोरोना सँग मिल्दोजुल्दो लक्षण भएको संकेत पछि चिकित्सकको परामर्शमा स्वाब लिइएको थियो । जसबाट ती महिलामा अन्ततः कोरोना संक्रमण पुष्टि भयो ।

उनी व्यवसायी भएकाले यसबीच धेरै सँग सम्पर्क भएको कन्ट्याक्ट ट्रेसिङमा पाइएको थियो । २५ जना भन्दा बढी प्रत्यक्ष सम्पर्कमा रहेको सूचना पछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा शुरुमा परिवारका सदस्य र आफन्त सहित ६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो । ‘नगरको समुदाय स्तरमा संक्रमण अलि अकल्पनिय रुपमा फैलियो, व्यवसायी महिलाबाट शुरुमा परिवारका ६ जनामा सरेको पाइयो,’ खनालले भन्नुभयो, ‘त्यही ६ जनाको कन्ट्याक्ट ट्रेसिङबाट फेरी एक जनामा कोरोना सरेको पाइयो, उनै एक जनाको कन्ट्याक्ट ट्रेसिङबाट सोमवार थप दुई २० वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।’

बानपा ३ कि कुखुरा पालक व्यवसायी महिला भन्दा अघि बानपा २ की होटल व्यावसायी महिलामा कोरोना देखिएको थियो । तर, उनको कन्ट्याक्ट ट्रेसिङबाट थप संक्रमण नदेखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमितको सम्पर्कमा आएकोमा धमाधम संक्रमण पुष्टि हुन थालेपछि बागलुङ बजारमा उच्च जोखिम बढेको छ । संक्रमितको सम्पर्कमा आएका १ सय ५१ जनाको स्वाब परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ भने ४८ जनाको रिपोर्ट आउन बाँकी रहेको बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख खनालले जानकारी दिनुभयो । ‘हालसम्म हामीले उहाँहरुको ‘क्लोज कन्ट्याक्टमा रहेका १ सय ५१ जनाको स्वाब परीक्षण गरेका छौँ, ४८ जनाको रिपोर्ट आउन बाँकी छ,’ उहाँले भन्नुभयो ‘अब समुदाय स्तरमा थप परीक्षणको दायरालाई बढाउने तयारीमा छौँ, अहिले नजिककाको मात्रै गरेको छौँ ।’

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले नागरिक सचेत नभए संक्रमणको जोखिम बढ्दै जाने बताउनुभयो । ‘नागरिकले सरकारको नियम पालना नगरे र लापरवाही गरे यो जोखिम अझै बढेर जान्छ, यसको पालना सबैले गर्नुपर्छ,’ गुरौले भन्नुभयो ‘हामीले आफ्नो बानीलाई सुधार गरेनौ र लापरवाही ग¥यौ भने अझ भयावह अवस्था आउन सक्छ, यसको जोखिम कम गर्ने भनेकै अनावश्यक रुपमा बाहिर ननिस्कने, निस्किनै परे सुरक्षित साथ निस्कने, भौतिक दुरी कायम गर्ने र सरकारको नियमलाई पूर्ण रुपमा पालना गर्नु हो ।’

उहाँले हालसम्म नगरपालिका र बडिगाडमा ११ जना कन्ट्याक्ट ट्रेसिङ मार्फत संक्रमित भएको भन्दै उनीहरु कसको सम्पर्कमा आउँदा संक्रमण भएको भन्ने अझै पत्ता नलागेको उहाँको भनाई छ । ‘सुरुमा दुई जना संक्रमित हुनुभयो, उहाँको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण ग¥यौँ, स्वाब परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ, अहिले सम्म कुन व्यक्तिको सम्पर्कमा आउँदा संक्रमण भयो भन्ने एकिन भएको छैन, अब थप जोखिम रोक्न सबै सचेत हुनु नै उत्तम विकल्प हो’ गुरौले भन्नुभयो ‘यसका लागि गहिरो खोज अनुसन्धान गर्नुपर्ने भएको छ, यो बिषय निकै गम्भीर देखिएको छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *