बागलुङमा जारी पहिलो निषेधाज्ञा आज सकिदै,रातिदेखि थप कडाई

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरमा जारी गरिएको एक साता निषेधाज्ञाको अवधि आज मंगलबार राति १२ बजे सकिदैछ ।

समुदाय स्तरमा कोरोना संक्रमण र जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले नगर क्षेत्रमा गत भाद्र ३ गते एक साताका लागि निषेधाज्ञाको घोषणा गरेको थियो ।

जोखिम कायमै रहेको सन्दर्भमा निषेधाज्ञा थप गर्ने नगर्ने बिषयमा सोमवार बसेको जिल्ला प्रशासन कार्यलय बागलुङ र सरोकारवाला बीचको बैठकले थप एक साता बुधवार रातिदेखि भाद्र १५ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो । सुरक्षा समितिले मंगलबार निर्णय गरे पछि प्रजिअले निषेधाज्ञाको थप आदेश गर्ने तयारी छ ।

बागलुङ नगर क्षेत्रमा संक्रमित र उनीहरुको सम्पर्कमा भएकालाई समेत ठुलो संख्यामा संक्रमण भएको पाइए थप कडाइका साथ एक साताका लागि निषेधाज्ञा जारी गर्न लागिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो । अबको निषेधाज्ञा थप कडाई हुनेछ । बैंक, सहकारी तथा वित्तिय संस्था पनि पुर्ण रुपमा बन्द गर्ने र अत्यावश्यकीय खाद्य, तरकारी लगायतका पसल दिनमा विहान बेलुका सञ्चालन खुल्ला गरिएकोमा एक समय मात्र बिहान ७–९ बजेसम्म मात्र खुलाउने सरोकारवालाबीचको बैठकले निर्णय गरिएको प्रजिअ न्यौपानेले बताउनुभयो ।

संक्रमितको फेरी संख्या बढ्न थाले पछि अब लक्षण देखिएकालाई धौलागिरी अस्पताल र धौलागिरी क्याम्पसको आइसोलेसन तथा लक्षण नदेखिएकालाइ धौलागिरी बहिरा स्कुल रामरेखामा राख्ने गरी व्यवस्था गर्ने बैठकले निर्णय गरेको छ ।

बागलुङ नगरपालिकामा दुई व्यवसायी महिलामा कोरोना संक्रमण पछि कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसबाट ठुलो संख्यामा संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर यसबीचमा पीसीआर परीक्षण कार्यलाई तिव्र पारिएको छ । जिल्लाभरमा हाल सम्म २ सय ८३ जना कोरोना संक्रमित भएका छन् । जसमा २ सय ६० जना निको भएर घर फर्किसकेका छन् भने एक युवकको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *