निसीखोलाका ४ किशोर किशोरी चार दिनदेखि सम्पर्कविहीन, खोजी गरि दिन परिवारको आग्रह

आदर्श अनलाइन, बागलुङ
निसीखोलाका ४ जना किशोर किशोरी चार दिनदेखि सम्पर्क विहीन भएका छन् ।

निसीखोला गाउँपालिका–३ धाराखर्कका १७ वर्षीया अस्मिता सुनार, १५ वर्षीय राम प्रसाद सुनार, १६ वर्षीय श्यामु शिर्पाली र १५ वर्षीया सम्झना सिर्पाली सम्पर्क विहीन बनेकोे स्थानीय कोकबहादुर विकले जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नम्बर ७ नर्सिङकोटमा घुम्न भनि निस्केका ४ जना गत हरितालिका तीजको दिनदेखि सम्पर्क विहीन बनेको स्थानीय खिम शाहीको भनाई छ ।

उनीहरु तीजको दिन घुमेर आउछौँ भन्दै घरबाट निस्केको श्यामु सिर्पालिका बुवा कोक बहादुर बिकले बताउनुभयो ।

उनीहरुको खोजीको लागि ईलाका प्रहरी कार्यालय झिवाखोलामा उजुरी दिए पनि अझै सम्पर्कमा आउन सकेका छैनन् ।

उनीहरुलाई भेटेने जोहोकेहीले ईलाका प्रहरी कार्यलय झिवाखोलाको ९८४५१९११५६, कोक बहादुर बिकको ९८६७७७२२२१ र खिम शाही ९८४७७१९२१४ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *