आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार ३ जिल्लाका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
लमजुङका २० जना, नवलपरासीका १ जना र कास्कीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।