दिवगंत नगर प्रमुखको नाममा कुँडुलेमा स्मृति द्वार निर्माण

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकाका पूर्व नगर प्रमुख स्वर्गिय ऋषिराम शर्माको नाममा स्मृतिद्वार निर्माण गरिएको छ ।

साविक धौलागिरी अञ्चलको पहिलो नगरपालिकाका नगर प्रमुख शर्माको कार्यक्षमता र दुरदर्शिताका कारण नगरपालिकामा विकासको आधार र खाका तयार गर्नमा उल्लेख्य योगदान गरेको सम्मान स्वरुप बागलुङ नगरपालिकाले ‘ऋषिराम शर्मा स्मृति द्वार’ निर्माण गरेको हो ।

आर्थिक वर्ष ०७५/०७६ को ५ लाख र आर्थिक वर्ष २०७६/०७७ मा बिनियोजित छ लाख र स्थानीयको २ लाख बराबरको श्रमदानमा गरी १३ लाखको लागतमा स्मृति द्वार निर्माण गरिएको बागलुङ नगरपालकाले जनाएको छ ।

वि।स।२०५४ साल देखि ५९ साल सम्म जननिर्वाचित पहिलो नगर प्रमुख भएर बागलुङ नगरबासीका लागि ऐतिहासिक योगदान गर्न सफल भएको भन्दै उहाँको स्मृति तथा सम्मानमा बागलुङ नगरपालिका –४ कुडुँलेको तिरुपती चोकमा स्मृतिद्वार निर्माण गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । ८ मिटर फराकिलो गरी डवल डिपिसीमा निर्माण गरिएको स्मृति द्वार जग्गा समस्याका कारण ढिला गरेर सम्पन्न भएको नगरपालिकाका इन्जिनियर गौरव शर्माले बताउनुभयो । शर्माको अनुसार स्मृति द्वारमा रङ्ग रोगन र स्वर्गिय नगर प्रमुख शर्माको शालिक राख्न बाँकी छ ।

बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष धुव्रबहादुर के।सीले चक्रपथको निर्माणको शुरुवात कुडुँलेबाटै शुरु भएको हुँदा यस अभियानलाई चिर स्थायी गर्नका लागि स्मृतिद्वार पनि कुडुँलेमै बनाइएको जानकारी अध्यक्ष केसीले पूर्व नगर प्रमुख शर्माको कारणनै नगरले ल्याएका योजना बृहत र धेरै जनता समेट्न सक्ने खालका भएको बताउनुभयो । साथै नगरपालिकाले झण्डै एक करोड बराबरको ‘गरिबसंग ऋषिराम’ कार्यक्रमका लागि कोष खडा गरेको छ । २०११ माघ ३ गते बागलुङ नगरपालिका–१ रामरेखामा जन्मनुभएका शर्माको २०७१ माघ १६ गते निधन भएको थियो ।

तत्कालिन कालिका, मुलपानी र लहरेपिपल गा।वि।स।लाई समायोजन गरी पहिलो पटक २०५३ साल माघ १८ गते बागलुङ नगरपालिकाको घोषणा गर्न ठूलो भूमिका खेल्नुभएका शर्मा २०५४ सालको स्थानीय निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *