आगामी पुसमा बागलुङ महोत्सव हुने

आदर्श अनलाइन/बागलुङ
गण्डकी प्रदेश स्तरीय पर्यटक,कृषि वन तथा औधौगिक व्यापार मेला भन्ने मुल नाराका आगामी पुुसमा बागलुङ महोत्सव हुने भएको छ ।

उद्योग बाणिज्य सघं बागलुङको आयोजनामा पुसा ११ देखि २० गते छैठौ महोत्सव धौलागिरी बहुमुखि क्याम्पसको प्राङ्गणमा आयोजना गर्ने निर्णय भएको बागलुङ उद्योग बाणिज्य सघंका प्रेस सल्लाकार राजेशचन्द्र राजभण्डारीले बताउनुभयो ।

नेपाल सरकारले मनाउन लागेको आगामी पर्यटन बर्ष सन २०२० लाई सफल बनाउने र बागलुङमा आन्तरिक एवं बाह्रय पर्यटन भित्राउन सहयोग पुग्ने उदेश्यले महोत्वस आयोजना गरिएको उद्योग बाणिज्य सघंका अध्यक्ष युवराज राजभण्डारीले बताउनुभयो । महोत्सवलाई भव्य र सभ्य रुपमा सफल पार्न उद्योग बाणिज्य सघंका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षतामा बिभिन्न ३५ सदस्यीय उपसमिति गठन गरि जिम्मेवारी प्रदान गरिएको छ । महोत्सवको सदस्य सचिवमा नरेश कडेल, अतिथि सत्कार जयराम भारी, मञ्च तथा साउण्ड व्यवसथापन उपसमितिमा बसन्त कुमार श्रेष्ठ, प्रचार प्रसार व्यवस्थापन उपसमितिमा राजेशचन्द्र राजभण्डारी,राष्ट्रिय कलाकार व्यवस्थापन उपसमितिमा उमाकान्त शर्मा, भलिवल प्रतियोगिता व्यवस्थापन उपसमितिमा राजनकुमार शाक्य, टिकट व्यवस्थापन उपसमितिमा दिपक हमाल रहनुभएको प्रेस सल्लाहाकार राजभण्डारीले आदर्श अनलाइनलाई बताउनुभयो ।

यसैगरि आर्थिकमा श्रीजय श्रेष्ठ, बिधुतमा थानेश्वर सुवेदी, दोहोरीगीत प्रतियोगितामा सितादेवी सापकोटा कंडेल, यातायातमा शशीकपुर श्रेष्ठ, प्रायोजक एवं आर्थिक सहयोगीमा विदेशकुमार श्रेष्ठ, फोटो प्रर्दशनी एवं पर्यटन प्रर्वद्धनमा अर्जुन चोखाल, उट वा अन्य आर्कषण स्टल हेमबहादुर खत्री,व्यानर सहयोगी उपसमितिमा निलेश राजभण्डारी,पार्किङ उपसमितिमा राजु खड्का रहनुभएको छ ।

खानेपानी तथा सरसफाई व्यवस्थापन उपसमितिमा नविन कुमार श्रेष्ठ, सुरक्षा तथा सिसीटिभी उपसमितिमा रामराज गुरुङ, खाजा उपसिमिति इन्द्रमणि पौडेल, अटो स्टल तथा रेष्टुरेन्ट उपसमितिमा करिमदिन मिया, झाँकी तथा ¥याली उपसमितिमा राजेश भारी, भजन प्रतियोगिता टेकबहादुर क्षेत्री, खुल्ला लोकगित प्रतियोगितामा भगवती केसी, स्वास्थ्य व्यवस्थापन उपसमितिमा बाबुराम केसी, हेलिकप्टर व्यवस्थापन उपसमितिमा बाबुकाजी केसी, कृषि स्टल प्रर्दशनीमा गंगा थापा,आइटि स्टल उपसमितिमा खगेश्वर पौडेल, डिलर व्यवसायी समन्वय उपसमितिमा सिद्धार्थ मिलन श्रेष्ठ, न्यु एयर इभ टिकट व्यवस्थापन उपसमितिमा मधुसुधन राजभण्डारी,प्याराग्लाडिङ व्यवस्थापन उपसमितिमा सुन्दर श्रेष्ठ,स्थानीय उत्पादन,हस्तकला प्रर्दशनी व्यवस्थापन उपसमितिमा महिला उद्यम विकास समिति र लठो तान्ने प्रतियोगिता (महिला) व्यवस्थापन उपसमितिमा महिला उद्यम विकास समिति रहेको छ ।

महोत्सवको उद्घाटनका लागि राष्ट्रपति बिद्यादेवी भण्डारीलाई आमन्त्रण गर्ने निर्णय समेत बैठकले गरेको प्रेस सल्लाहाकार राजेशचन्द्र राजभण्डारीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *