सिक्री बेचेर लामो पुल हेर्न बागलुङ बजार !

आदर्श अनलाइन, बागलुङ
मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर ।
तर, हरितालिका तिजको दिन घर छोडेका उनीहरु हराएको खबर भाइरल भयो । निसीखोलाको वडा नम्बर–७ स्थित पर्यटकीय स्थल नर्सिङकोट घुम्न निस्केका आठ जना मध्ये चार जना साँझ घरमा फर्के । १७ वर्षीया अस्मिता सुनार, १५ वर्षीय राम प्रसाद सुनार, १६ वर्षीय श्यामु शिर्पाली र १५ वर्षीया सम्झना सिर्पाली भने सम्पर्क विहिन भए । परिवारले खोजी गर्न झिवाखोला प्रहरीमा निवेदन समेत दियो । हराएको भनिएको पाँच दिन पछि बागलुङ बजारबाट ती किशोर किशोरी फेला परे ।

यद्यपी, उनीहरु हराएको नभई विश्वकै लामो दाबि गरिएको बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल हेर्नका लागि बागलुङ आएको खुलेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार नर्सिङकोट घुम्न गएका आठ जना मध्ये चार जना बागलुङका लागि निसीखोलाबाट हिडेर बुर्तिवाङ आएका थिए । बुर्तिवाङको सून पसलमा सोही दिन तीन किशोरी मध्ये दुई किशोरीले आँफुले लगाएको चाँदीको सिक्री बेचेर ट्याक्सी चढेर बागलुङ आएको रेग्मीको भनाई छ । ‘घाटीमा लगाएको दुइ वटा सिक्री बेचेर ट्याक्सी चढेर बागलुङ आएको पाइयो’ रेग्मीले भन्नुभयो ‘बागलुङ बजारको चिप्लेटी वसपार्कमा बाँस बसेका उनिहरुले लामो पुल अवलोकन समेत गरेका रहेछन् ।’ कालिका मन्दिर समेत घुम्न गएका उनीहरुलाई प्रहरीले फर्काएको थियो । पैसा र बाँसको अभावमा घर फर्कन नसकेका उनीहरुलाई प्रहरीले भदौ १० गते बागलुङ बजारमा फेला पारेको थियो ।

बागलुङ बजारमा निषेधाज्ञा भएका कारण घर फर्कन समस्या भएका कारण परिवारको सम्र्पकमा नआएको हुन सक्ने परिवारका सदस्य बताउँछन् । घरबाट घुम्न भनेर निस्केका चारै जना सम्र्पक बिहिन भए पछि चिन्तामा रहेको र घुम्ने क्रममै भेटिएको खबरले खुसी दिलाएको श्यामु सिर्पालिका बुबा कोकबहादुर बिकले बताउनुभयो । ‘हामी त तनावमा थियौ, कसैले अपहरण, केही ग¥यो कि भनेर डराएका पनि थियौ,’ बिकले भन्नुभयो ‘रामप्रसाद सुनार, अस्मिता सुनारले घरबाट एक हजार र श्यामु सिर्पालीले ६ सय लगेर निस्केका रहेछन् ।’ सिर्पालीका बुबाका अनुसार बागलुङ बजारमा प्रहरीले फेला पारेर बुर्तिवाङ लगेर परिवारको जिम्मामा लगाइदिएको छ ।

उनीहरुले दुई वटा चाँदीको सिक्रलिाई बुर्तिबाङ बजारमा रु.तीन हजारमा बिक्री गरी ट्याक्सी चढेर लामो पुल हेर्न बागलुङ बजार १० किमी पैदल र ९० किलोमिटर सवारी यात्रा गरी बागलुङ बजार आएका थिए । सामाजिक सञ्जालमा निकै चर्चा कमाएको रामरेखा अदुवाबारी पुलका विषयमा उनीहरुले जानकारी पाए पछि परिवारलाई खबर नगरी बागलुङ बजारमा आएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *