कोरोनाबाट पोखरामा एकको मृत्यु, गण्डकीमा मृत्यु हुने संख्या ९ पुग्यो

फाइल तस्बिर

आदर्श अनलाइन, पोखरा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा बिहिवार कोरोनाबाट एक महिलाको मृत्यु भएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने चाही उनी पाँचौ हुन् भने पोखरामा कोरोनाका कारण मृत्यु भएको यो तेस्रो घटना हो ।

अस्पतालको आईसियुमा उपचाररत पोखरा महानगरपालिका ११ निवासी ३२ बर्षिया महिलाको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए । भदौ ७ गते उचपारका लागि अस्पताल आएकी उनको बिहीबार बिहान ८ बजे मृत्यु भएको उनले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *