आदर्श अनलाइन, बागलुङ
पोखरा महानगरपालिकामा बिहीबार बिहान थप १ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान दोस्रो चरणमा सार्वजनिक गरेको विज्ञप्ति अनुसार पोखरा – १६ का ७६ वर्षीय पुरुषमा कोरोना सक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा उपचारका लागि आउनुभएका वृद्धमा कोरोना देखिएको हो । कोरोना पुष्टि भए सँगै उहाँलाई आइसोलेसनमा राखिएको निर्देशनालयले जनाएको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ७८ पुगेको छ ।