कर्मचारीमा कोरोना देखिए पछि काठेखोला गाउँपालिका एक साता बन्द

आदर्श अनलाइन,काठेखोला

जिल्लाको काठेखोला गाउँपालिकाले आफ्ना एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए सँगै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

गाउँ कार्यपालिकाको भर्चुअल बैठकबाट एक साता सम्मका लागि गाउँपालिका मातहतका सबै सेवा बन्द गर्ने बिहिवार बिज्ञप्ती मार्फत जनाएको छ ।

बिहिवारदेखि लागु हुने गरी आगामी भाद्र १७ गते सम्मका लागि गाउँपालिकाको सेवा बन्द गरिएको र यस अवधिमा संक्रमितको सम्पर्कमा आएकाहरुलाई स्वाब परीक्षण गरेर सहयोग गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष अमर थापाले बताउनुभयो ।

काठेखोलामा बिहिवार भारत चेन्नइबाट आएर भिमसेन प्रावि क्वारेन्टिन बिहुँमा बसेका काठेखोला १ का ३४ वर्षीय पुरुष र काठेखोला गाउँपालिकामै कार्यरत ३१ वर्षीय इञ्जिनियरमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी गत भाद्र २ गते काठमाण्डौबाट आएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *