आन्तरिक पर्यटकको रोजाई बन्दै गलकोटको सहस्रधारा झरना

आदर्श अनलाईन, बागलुङ

कोरोनाका कारण अधिकांश मानिस वेरोजगारी तथा फूर्सदिला भएका छन् । शहर बजारमा भीडभाड हुने र कोरोना संक्रमणको दर बढ्दै गएपछि मानिसहरु एकान्त, खोला नाला र प्राकृतिक शौन्दर्यमा रमाउन थालेका छन् । एकान्त र प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको गलकोट नगरपालिका–३ हटियाको सहस्रधारा झरनाले भने आन्तरिक पर्यटक आर्कषण गर्न थालेको छ ।

तीन वर्ष अघि देखि मात्रै प्रर्बद्धन गर्न थालिएको उक्त झरना कोरोना झल्ने निहुँ बन्दै आएको छ । कोरोनाका कारण शहरमा लकडाउन र निषेधाज्ञा भएपछि हटियाको सहस्रधारा आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरेको छ । अहिले सहस्रधारामा दैनिह एक सय देखि २०० जना आन्तरिक पर्यटक सहस्रधारा झरनामा रमाउन पुग्ने गरेका छन् । कोरोनाले आक्रान्त पारेको मान्छेलाई झरनाको कलकल बग्ने पानीले मनै लोभ्याउन थालेपछि आन्तरिक पर्यटकको घुइचोनै लाग्न थालेको छ ।

बागलुङ बजारमा व्यवसाय गर्दै आएका कृष्ण लामिछाने लामो समयको बन्दाबन्दी र पुन निषेधाज्ञाका कारण घुम्नका लागि एकान्त स्थान खोज्दै सहस्रधारा झरनामा आएको बताउनुभयो । “शहरमा भीडभाड बढी हुँने र व्यापार व्यवसाय ठप्प छ” लामिछानेले भन्नुभयो “कोरोना छल्न गाउँमा बस्ने त कहिले एकान्तमा रहेका पर्यटकीय स्थलमा पुगेर आनन्द लिने गरेको छु ।”

कोरोनाका कारण गलकोट नगरपालिकाले झरना अवलोकनका लागि कुनै रोकवाट र फुकुवा नगरेपनि आन्तरिक पर्यटकहरु स्वतस्फूर्त रुपमा झरना अवलोकनका लागि पुग्ने गरेको गलकोट नगरपालिकाले जनाएको छ । पर्यटकको संख्या ह्वातै बढेको छ । कोरोनाका कारण फूर्सदिला विदार्थी तथा व्यवसायी अहिले दिनभर झरनामै रमाउने, तस्बिर खिच्ने तथा टिकटक बनाउने गरेका छन् । गलकोट नगरपालिकाको केन्द्र हटिया देखि ३ किलोमिटरको दुरीमा पदमार्ग र सडक मार्गमार्फत पुग्न सकिने अनाकन्टर जंगलको बीचमा रहेको झरनाले पर्यटकको मनै लोभ्याउन थालेपछि पूर्वाधालाई समेत जोड दिइएको छ ।

उक्त झरनामा शाहसिक खेलको रुपमा रहेको क्यानोनिङ (छागाआोहण)लाई व्यवसायिक बनाएर बाह्य पर्यटक समेत भित्राउन थालिएको गलकोट नगरपालिका–३ हटियाका वडा अध्यक्ष विरजंग भण्डारीले जानकारी दिनुभयो । हाल सम्म झरनाको पूर्वाधारका लागि गण्डकी प्रदेश सरकाको रु. ११ लाख र गलकोट नगरपालीकाको रु. ९ लाख गरी रु. २० लाख रकम खर्च भइसकेको भण्डारीले बताउनुभयो । “हामीले हसस्रधारा झरनालाई शाहसिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेका छौं” भण्डारीले भन्नुभयो “क्यानोनिङ खेलका लागि रु. चार लाख बराबरको आवश्यक सामाग्री खरिद गरिसकेका छौं, कोराना महामारी पछि स्थानीय एक दर्जन युवालाई क्यानोनिङको तालिम दिन्छौं ।”

झरनामा क्यानोनिङ खेल सञ्चालनका लागि सफल परिक्षण समेत भएपछि व्यवसायिकरुपमै वडा कार्यालयले क्यानोनिङ शुरु गर्न थालेको हो । हाल सम्म झरनामा पुग्ने पदमार्ग, झरनामा पोखरी निर्माण, शौचालय, पोषाक परिर्वत कोठा, बगैचा निर्माण भएको छ । झरनाको पानीले वर्खामा पदमार्ग बगाउन थालेपछि आगमी वर्ष झरनाको पानी पक्की नाली निर्माण गरी व्यवस्थीत गर्ने वडा कार्यालयको योजना रहेको छ ।

झरना एकान्तमा रहेका कारण म जस्ता धेरैको मन लोभ्याउने गरेको आन्तरिक पर्यटक शंकर जि.सीले बताउनुभयो । उहाँले झरना आसपासमा अझै भौतिक संरचनाको अभाव रहेको भन्दै भौतिक संरचना निर्माण गर्दा झरनाको प्राकृतिक रुप बचाउनु पर्ने बताउनुभयो । वडा कार्यालयले तीन वर्ष अघी झरनाको वृस्तित अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेको छ । डिपिआरम ाझरना हेर्नका लागि झुलुङ्गे पुल देखि स्विमिङ पुल समेत बनाउने उल्लेख छ । झरना नजिकै गलकोटका ओम पन्तले रिसोर्ट समेत निर्माण गरिराख्नु भएको छ ।

कोरोना महामारीर बन्दाबन्दीकै अवस्थामा बागलुङमा नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने र स्थापित गन्तव्यमा स्वास्थ्य सुरक्षा अपनाएर घुम्नेकाम भइरहेको छ । बन्दाबन्दीमै बागलुङ नगरपालिका–६ र ७ को सिमाना स्थित बैजनीको पाखोमा बुद्धको आकृति भएको पहाड फेला परेपछि नयाँ गन्तव्यको रुपमा बुद्ध हिल नामकरण गरी प्रचार प्रसार समेत थालिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *