विषालु साग खादा बिहुँका चार बिरामी

आदर्श अनलाईन, बागलुङ
विषालु साग खादा काठेखोला गाउँपालिकाका–५ रिजालचोक स्थित एकै परिवारको चार जना विरामी परेका छन् ।

आज बिहान ११ बजे जंगलबाट ल्याएको जरिम्लो नामक साग खाँदा उनिहरु गम्भिर विरामी परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक हेम के.सीले जानकारी दिनुभयो । साग खादा रिजालचोकका देउरुपा कंडेल, चुडामणी कंडेल, चिज कंडेल र सन्तोष कंडेल बिरामी परेका हुन् ।

‘उहाँहरु अर्धचेतमा हुनुहुन्छ, अहिले धौलागिरी अस्पताल बागलुङमा सामान्य उपचारपछि, पोखरा पठाइएको छ’ केसीले भन्नुभयो । चारैजनालाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको प्रहरीको भनाई रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *