ई.खिमानन्द कंडेल
बागलुङ जिल्लाले पछिल्ला बर्षहरुमा पर्यटन पूर्वाधारको निर्माणमा फड्को मार्दै गएको छ । पोखरा, ढोरपाटन, लुम्बिनी र मुक्तिनाथ क्षेत्रको मध्यभागमा पर्ने बागलुङ एवम् आसपासका जिल्लामा लोभलाग्दो ढंगबाट पर्यटन पूर्वाधारहरु निर्माण भएका छन् । कालिका भगवती मन्दिर, विश्वकै अग्लो दावी गरिएको झोलुंगे पुल, शालिग्राम संग्रहालय, पञ्चकोट, बेलढुंगा, झुलेनी, रामकोट, बिहुँकोट, भैरवस्थान मन्दिर, भकुण्डे, गाजाको दह, घुम्टेको धुरी, टेउवा मुर्तिकला संग्रहालय, गाईघाट झरना, सहश्रधारा क्यानोनिङ, ताराखोला क्षेत्र जस्ता प्रसिद्ध पर्यटकीय स्थलहरुको केन्द्र भागमा रहेको शिवधुरी कालिलेख क्षेत्रको विकासमा यस क्षेत्रबाट देश तथा विदेशमा रहेका यूवाहरु पर्यटन प्रवद्र्धनको अभियानमा जुटेका छन्् ।
शिवधुरी कालिलेख क्षेत्र गलकोट नगरपालिका, काठखोला गाउँपालिका र गल्कोट गाउँपालिकाको मध्यभागमा मध्यपहाडी लोकमार्गमा अवस्थित आकर्षक पर्यटकीय स्थल हो । शिवधुरी कालिलेख क्षेत्रमा काठेखोला गाउँपालिका, गल्कोट नगरपालिका र ताराखोला गाउँपालिकाका विभिन्न स्थानबाट सहजै पुग्न सकिन्छ ।

काठेखोला गाउँपालिका भएर मध्यपहाडी लोकमार्ग अन्र्तगत रहेको ठिन्केरी डाँडा, लटेखोरिया, घोडाबाँधे र रगेनी लगायतका क्षेत्रबाट यस क्षेत्रमा पुग्न सकिन्छ । यसैगरी ताराखोला गाउँपालिका अन्र्तगत लटे खोरियाको धुरी, चकादी, माजखर्क क्षेत्रबाट यस क्षेत्रमा पुग्न सकिन्छ भने गल्कोट नगरपालिकाबाट गल्कोटको प्रसिद्ध हरिचौर बजारबाट भुजुंगे हुँदै, गल्कोट हटियाबाट चरौदी कायम हुँदै, गल्कोट हटियाबाट ठान बाख्रे हुँदै, नरेठाटीबाट तोरीखोला बाख्रे हुँदै यस स्थानमा पुग्न सकिन्छ । शिवधुरी कालिलेख क्षेत्र पूर्वी बागलुङकै प्रसिद्ध पर्यटकीय स्थल भएको भएता पनि सडक, पदमार्ग लगायतका पूर्वाधारहरुको निर्माण अभावले छायामा परेको भए पनि अहिले यस क्षेत्रका यूवाहरु यस क्षेत्रलाई बागलुङकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटेका छन् ।

यस अभियान अन्र्तगत अहिले शिवधुरी कालिलेख क्षेत्रलाई बिशेष माया गर्ने विभिन्न संघ संस्था, व्यक्तित्व, पर्यटन क्षेत्रमा काम गरिरहेका अगुवा, यस क्षेत्रका स्थानीय जनप्रतिनिधिहरु, यस क्षेत्रका प्रदेश एवं संघका माननीय सांसद लगायतसँग यस क्षेत्रको बिकासको वहसको शुरुवात भएको छ । यस क्षेत्रको नजिकै रहेका उपल्लो बिहुँ क्षेत्र, घोडाबाँधे आर्मी क्याम्प, रगेनी थामनेटा, तोरिखोला ठान बाख्र्, चरौदी कायस, हरिचौर भुजुंगे, माझखर्क लगायतका नजिकका वस्ती र समुदायहरुको पर्यटन प्रवद्र्धन अभियानको लागि प्रयास भइरहेको छ ।
पहिलो चरणमा देश तथा विदेशमा रहेका स्थानीय यूवाहरुको बिशेष सक्रितामा जनताको गौरवको कार्यक्रमको रुपमा शिवधुरी कालिलेख क्षेत्रको पर्यटन प्रवद्र्धनको रुपमा अघि बढाउनका लागि सम्भव भए सम्मका विभिन्न स्थानबाट शिवधुरी र कालिलेख सम्म पदमार्गको निर्माण गर्ने, शिवधुरीमा सम्भव भए सम्म शिवको मूर्ति एवं ब्रम्हालिन १००८ स्वामी परमानन्द सरस्वति महाराज ज्यूको शालिक सहितको पार्क निर्माण गर्ने, कालिलेख क्षेत्रमा सम्भव भए सम्म सहीद थिरबम मल्लको शालिक सहितको पार्क निर्माण गर्ने योजना छ ।

शिवधुरी कालिलेख क्षेत्रको नजिकै रहेका प्रमुख पर्यटकीय गन्तव्यमा धम्जामा रहेको बेलढुंगा, फापरखेत झुलेनी, बिहुँका प्रसिद्ध कोटहरु, त्रिपु्रेश्वर महादेव मन्दिर बिहुँ रामकोट, गोविन्द अधिकारी स्मृति पार्क, घोडाबाँधे, थामनेटा, माझखर्कमा रहेको प्रसिद्ध कालिवराह मन्दिर ताल (मोतिमारे), कालिलेख मोतिमारे बराहतालबाट निस्केको मुलबाट बनेको प्रसिद्ध गाईघाट झरना, हरिचौर बजार, टेउवा मूर्तिकला संग्रहालय, गल्कोट घुम्टे, गल्कोट हटिया नजिकै रहेको सहश्रधारा क्यानोनिङ, प्रसिद्ध पर्यटकीय स्थल निलुवा, गाजाको दह, ताराखोला क्षेत्र लगायत छन् ।
यस क्षेत्र वरिपरी आन्तरिक तथा बाह्य पर्यटकहरुको सहज बसाईका लागि माथिल्लो बिहुँमा शिवधुरी सामुदायिक होम स्टे, फापरखेतमा फापरखेत सामुदायिक होमस्टे, नरेठाटीमा तोरिखोला सामुदायिक होम स्टे र भुजुंगेमा स्टोन भिलेज सामुदायिक होम स्टे समेत रहेका छन् । बागलुङ जिल्ला कला र संस्कृतिमा समेत व्यापक धनी रहेको र देश तथा विदेशमा रहेका स्थानीय जनसमुदाय पर्यटन प्रवद्र्धनको लागि व्यापक रुपमा लागेको अवस्थामा धेरै नै चाँडो शिवधुरी कालिलेख क्षेत्र काठमाण्डौको चन्द्रागिरी जस्तै प्रसिद्ध पर्यटकीय स्थल बन्ने निश्चित छ ।
विस्तृत गुरुयोजना बनाएर अगाडि बढ्दा स्थानीय सरकारहरुले पनि पर्यटन गौरवका पूर्वाधार निर्माणका कार्यक्रमहरु स्थानीय सरकारहरुले अगाडि बढाउने, प्रदेश र संघीय सरकारले समेत पर्यटन पूर्वाधारमा सहयोग गर्ने अवस्था रहेकोले समेत यो क्षेत्र भविष्यमा नेपालकै प्रसिद्ध पर्यटकीय स्थलको रुपमा उदाउने निश्चित छ । यस बाहेक पनि निजी क्षेत्रले केवलकारको निर्माण, प्याराग्लाइडिङ, जीप लाइनको निर्माण, शाहसिक पर्यटन क्षेत्रमा लगानी आदि भित्राउन सकिने सम्भावना यस क्षेत्रमा रहेको छ । देश तथा विदेशमा रहेका बागलुङे यूवाहरुमा प्रशस्त पुँजीको पहुँच समेत भएकोले शिवधुरी कालिलेख क्षेत्रले आगामी ५ बर्ष भित्रमा नै व्यापक फड्को मार्ने अपेक्षा गरिएको छ ।
बिहुँकोट रामकोट शिवधुरी झुलेनी क्षेत्र र गाइघाट झरना क्षेत्रलाई गण्डकी प्रदेश सरकारले समेत गण्डकी प्रदेशका उत्कृष्ट ११० गन्तव्यमा सूचिकृत गरेकाले समेत यस क्षेत्रका स्थानीय समुदाय यस क्षेत्रको विकासमा कम्मर कसेर लागिरहेकाले यो क्षेत्र धेरै नै चाँडो नेपालकै आकर्षक पर्यटकीय गन्तव्य बन्ने निश्चित छ ।
–लेखक कँडेल धौलागिरी पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष हुनुहुन्छ ।
बाग्लुङ का पर्यटन छेत्र हरु छनोट गर्दा रेस को ओदाने मन्दिर समेतलाई न बिर्सौ किनकी उक्त मन्दिर मा आज सम्म पनि पर्किर्ती ले दियेको ओदान कायेम छ येस्लाइ एक पटक अब्लोकन गरौं