बागलुङको डाइनमिक ग्रुपले बनाए ‘बदला बरिलै’ को कभर भिडियो

आदर्श अनलाइन, बागलुङ

लोकप्रिय गायक प्रकाश सपुतको ‘बदला बरिलै’ गीतमा बागलुङको दि डाइनमिक डान्स ग्रुपले कभर भिडियो तयार गरेको छ ।

भिडियो बुधबार दि डाइनमिक डान्स ग्रुपको युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

लोकप्रिय गायक सपुतको पछिल्लो तीज गीत बदला बरिलै युट्युवमा सार्वजनिक भएसँगै धेरैले कभर भिडियो बनाउने र आफ्नो युटुब च्यानलमा हाल्ने क्रम बढेको छ । यसै क्रममा बुधबार दि डाइनमिक डान्स ग्रुप युट्युव च्यानलबाट कभर भिडियो सार्वजनिक गरेको हो ।

उक्त भिडियोमा बदलाको भाव स्वरुप युवती माथी एसिड प्रहार, बलात्कार र जातिय छुवाछुत लगाएतका विषयलाई बदलाको रुपमा प्रस्तुत गरिएको छ । हेर्नुहाेस् भिडियाे

डान्स ग्रुपका कलाकारहरुले बागलुङको निरयघाट सहित विभिन्न स्थानमा कभर भिडियोको छायाङ्कन गरेका छन् । सपुतको भिडियोमा महिला विभेद र बलात्कारको बदला लिनका लागि भूतप्रेतको प्रयोग गरे पनि डान्स ग्रुपको कभर भिडियोमा युवतीले प्रेम प्रस्ताव स्विकार नगर्दा युवाले बदला लिएको बनाईएको छ ।

नृत्य प्रशिक्षक रोमन घमालको निर्देश रहेको भिडियोमा मुख्य अभिनय प्रतिमा पुनको छ । भिडियोको परिकल्पना जगदिष पराजुली, सुमन रामदामको रहेको भिडियोमा १४ जना कलाकारले अभिनय गरेका छन् ।

यो संगै अगिल्लो साता बदला बरिलैको कभर भिडियो दि साइनिङ ग्रुपले पनि आफ्नो युट्युव च्यानल मार्फत सार्वजनिक गरेको ।

हेर्नुहाेस् भिडियाे

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *