गन्तव्य नबनाई हामी कता जाँदैछौ ?

अधिवक्ता राम शर्मा

नेपालीलाई विदेशबाट किन नल्याएको ? विदेशबाट नेपालीलाई किन ल्याएको ? भारतबाट हिँडालेर अन्य देशमा उडाएर विभेद किन ? औषधी नकिन्दै यति उति भष्ट्राचार किन ? औषधी नै किन्न नदिने, अनि समयमा औषधि किन ल्याउन नसकेको ? विदेशबाट आएका नागरिकलाई किन क्वारेन्टाइनमा नराखेको ? क्वारेन्टाइन मेरो घर कार्यालय नजिकै किन राखेको ? संक्रमितलाई उपचार किन नगरेको ? उपचारमा भष्ट्राचार किन गरेको ? आदि ईत्यादि विषय अहिले दिनदिनै सामाजिक सञ्जालमा देखिने विषयहरु हुन् । समान्य मानिसले भन्नु र जिम्मेवार दल तथा ब्यक्तिले भन्दा तथ्य फरक होला, तर दैनिकी रुपमा सुनिने आवाज र गुनासा हुन् । राजनीतिमा यसले तत्कालको लागी सान्त्वना र गाली गर्ने अवसर मिल्ला तर कोरना विरुद्वको लडाईमा आरोप लगाउने र केही पनि भएकै छैन भनि जोगाउने दुवै थरि स्कुलिङ गलत र आत्मघाती हुन् । दुवैको पछाडी गन्हाउने राजनीतिक स्वाद मिसिएको छ ।

भष्ट्राचार उम्दो छ, कसैको बचावटले काम नगर्ला । सवै क्षेत्रमा यो वा त्यो ढंगले भ्रष्ट्राचारले प्रबेश पाउनु भनेको राम्रो विषय होइन । पैसा बोकेर आफै काम गराउने प्रयास गर्ने काम भएन भने आफै कुर्लिनेहरु आफ्ना लागी मात्रै कुर्लेका हुन् । यिनिहरु देशको सुशासनसँग कुनै तालुक र परिवर्तन गर्ने उम्मिद राख्दैनन् । जसले जे गर्दछ, उसैले त्यो गर्न नपाए चर्का कुरा गर्न लगाउने संस्कार पनि गलत हो । ठुलो युवा बर्ग जसबाट केही आशा गर्न सकिन्थ्यो त्यो विदेश छ । विदेश जान लालायित युवाहरु जो सकेका छैनन्, नेपालमा कामै नपाउदाँ पुर्ण बेजोरगार छन् । रोजगारले आफु र पढाई अनुकुल काम पाउन सकेका छैनन्, काम पाउनेहरुलाई काम अनुरुपको ब्यवहारिक शिक्षा छैन । असिमित चाहना र ठुलो सपना बोकेका ब्यक्तिहरुले निकास नपाउदाँ आगो नबाले के गर्लान् ? जसलाई देशको उत्पादन र विकाससँग जोडिनु पर्ने हो, त्यसैलाई उपेक्षा गर्दा समस्या भन्दा के निकास निस्केला ? क्याल्कुलेटर र कम्प्युटरमा हिसाव पढेकालाई खरी सिलोटमा ढुगाँले पढे जस्तै हिसाव किताब देखाउने दिन गए । तसर्थ काम गर्ने गराउने सँस्कार मात्रै होइन, काम गर्ने तरिका र पद्वति पनि परिबर्तन गर्नुप–यो । एक ठाँउमा ब्यवस्थित लिखत राख्न नसक्ने सात ठाँउमा कागज गराएर दिन हराम गर्ने सनातनी पद्वति समय परिस्थिति अनुरुप परिवर्तन गर्न ढिलाई गर्नु भएन । नाटकिय रुपमा परिवर्तन गर्ने परिवर्तनका आभास र स्वाद लिन नपाउदाँ परिबर्तन दीगो र टिकाउ नहुने विगतले सिकाएकै हो । तसर्थ परिवर्तन सँग नागरिकको दैनिकी सम्वन्ध स्थापित हुन प–यो । होइन भने त्यसको कुनै अर्थ नहोला । कोरोना संक्रमितको गति उम्दो छ, ओखती लकडाउन बाहेक अरु छैन । तर, लकडाउनमै राजनीति र लाभहानी मिश्रण गरिदाँ हुदाँ खानेहरु अप्ठेरोमा छन् । राहतको प्रभावकारी वितरण हुन सकेन । राहत नहुदाँ पनि चलेकै देखका छौं । स्थानीय तह भन्दा मिडिया र अभियानकर्मीको प्रभावकारिता बढोत्तरी हुनु राज्यको लागी जवाफदेहिता होइन ।

हामीले सवै कुरा भित्राऔ तर विधि, जवाफदेहिता र आत्मअनुशासन कुनै पनि क्षेत्रमा भित्राउन सकेनौ । कारण सवै क्षेत्रमा जिम्मेवारिताको धरातल कमजोर छ । जबसम्म विधि र जवाफदेहिता सुधार गर्न सक्दैनौ, तब सम्म सवै कराउने भुक्ने, झुक्ने र उफ्रने मात्रै हो । नागरिक लिन गएको जहाज रित्तो फर्किन्छ । कारण ल्याउनेलाई प्रबन्धै नगरी जहाज उड्यो रे ? ल्याउने र प्रबन्ध गरिदिने बीचको संयोजन गरिदिने कसले ? के यस्ता घटनाहरु सानो तिनो कमजोरीले हुने घटना हुन् ? कि यसबाट केही नसिक्नु पर्ने हो ? विधि सिकाउने निकाय नै कमजोर हँुदै जाने हो भने कार्यन्वयन गर्ने निकाय झनै गैरजिम्मेवार हँुदै जान्छन्, भएकै त्यही छ । सवै क्षेत्रमा सुशासनको प्रत्याभुति छैन । मुठ्ठीभर ब्यक्तिले प्रशासन र प्रहरी चलायमान बनाउन सक्छन् । नीति निर्माण तहका ब्यक्तिहरु तिनकै संरक्षणमा लाग्दा हाम्रो सुशासन माथि होइन तल झर्दो छ । राज्यको प्राकृतिक श्रोत साधन अनाधिकृत दोहन हुदाँ त्यही रक्षाका लागि आएको ब्यक्ति बेखर बन्दछ, खबर भए पनि उसले जिम्मेवारिता निर्वाह नगर्दा वा लाभमा लाग्दा कारवाही हुनु पर्देन । जो नीति र नियममा बस्दैन, उसलै ठुलो स्वर र उसैका कुरा सुनाइने हाम्रा कर्मशिल ब्यवहार र ब्यवसायले समेत प्रश्न उठाइरहेका छन् ।

कोरोना हाम्रो उपज होइन, हामी माथि ठुला देशले थुपारी दिएको विपत्ति हो । हामी सँग मौजुदा श्रोत र साधनले यसको मुकाविला गर्न सक्ने सामथ्र्य छैन । तसर्थ, हाम्रो समाथ्र्यलाई ध्यान दिदै हाम्रो गन्तब्य सहज बनाऔं । उपचार पद्वति, समान खरिद र ब्यवस्थापनमै लामो समय प्रश्न र प्रति प्रश्नमा हामी रुमल्लियौं । मौजुदा जनशक्ति र सरकारलाई खरिद प्रकरणमा थुप्रै प्रश्नहरु आए । सरकारले त्यसलाई चिर्न सकेन । सवै क्षेत्रमा भष्ट्राचार कमिसनले जरो गाडेको छ । सवै नागरिक विना कन्जुस यो तथ्य स्विकार र विश्वास पनि गर्दछन् । तसर्थ यो गतिलै खेती भएको छ । हामीले मेहनत यसैमा गर्नु पर्दथ्यो तर सकेनौ । जो कोरना सँग उच्च जोखिममा काम गरिरहेको छ, समाजले उसैलाई अपमान र तिरस्कार गर्ने सँस्कार बसेको छ । त्यस्ता कार्य मानवता विरोधी हुन्, त्यस्ता प्रबृत्तिलाई जवाफदेही बनाउन सकिएन भने प्रत्येक क्षेत्रमा त्यस्ता कार्यहरु पुनराबृत्ति भई नै रहन्छन । यो कुनै दल विशेषको हाँसी मजाक र उक्काउने, भड्काउने खेल होइन, समयमा नै सवैले जान्नु पर्दछ । आज बिरामी सँग काम गर्ने डाक्टर र नर्सलाई बहिस्कार गर्न समुदाय तयार हुन्छ भने भोलि अरु व्यावसायिक क्षेत्रलाई पनि त्यसको प्रभाव र असर नपर्ला भन्न सकिदैन । तसर्थ विषय सानो हो, त्यसले गम्भीर विषय उठान गरेको छ । समयमा नै त्यसलाई चिर्न सकेनौ र कोरनाको सक्रमणको बढोत्तरी सँगै यो सँग लड्नेले फिल्ड छाडे भने के गर्ने ? तसर्थ सबै समयमै जिम्मेवार बनौ र बनाऔं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *