सहकारीसँग सम्झौता नतोड्न बागलुङ नगरलाई उद्योग वाणिज्य संघको अनुरोध

राजेशचन्द्र राजभण्डारी, बागलुङ
बागलुङ उद्योग वाणिज्य संघले बागलुङ नगरपालिकाले धौलागिरी फोहोर तथा वातावरण सहकारी संस्थासँग गरेको सम्झौता एक पक्षीय रूपमा भंग गरेको भन्दै त्यसलाई तत्काल सच्याउन अनुरोध गरेको छ ।

बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले एक विज्ञप्ती प्रकाशित गरि विश्वयापी महामारीको रूपमा फैलिएको कोरोना भाइसलाई लक्षित गरि सरकारले लकडाउन गरेको समयमा बजारमा फोहोर मैला संकलन गरि फाल्दै आएको बेला हतारहतारमा गरिएको निर्णय सच्याउन माग गरेका छन् ।

धौलागिरी फोहोर व्यवस्थापन सहकारी संस्था २०७२ सालदेखि काम गर्दै आएको र २०७८ असार मसान्तसम्म नगरपालिका र सहकारी बिच सम्झौताको म्याद समेत भएको बाकी भएको र कोरोनाको महामारीको बेला नगरपालिकाले गरेको काम सहि नभएको बागलुङ उद्योग वाणिज्य संघले जनाएको छ ।

अहिले गरिएको सम्झौता भंग पछाडी केही नियत लुकेको हुन सक्ने आशंका समेत पैदा भएको संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । बागलुङ नगरपालिकाले भने सहकारीले कोरोनाको समयमा फोहोर संकलन नगरेको भन्दै भएको संम्झौता भंग गरेको जनाएको छ ।

सहकारीले भने बागलुङ बजारमा फाहोर मैला नियमितरूपमा संकलन गरिरहेको अहिले उपभोक्ताको कुनै गुनासो नभएको धौलागिरी फोहोर व्यवस्थापन सहकारीका अध्यक्ष सुधिर श्रेष्ठले बताए ।

सहकारीले आफ्नै सवारी साधन मार्फत नियमित रूपमा फोहोर मैला संकलन गर्दै आएको थियो भने सम्झौता भंग पछि बागलुङ नगरपालिकाले ट्याक्टर भाडामा लिएर फोहोर उठाउन थालेपछि आम उपभोक्तामा कोरोना भाइरस कोभिड १९ को बेला अन्यौल थपिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *