स्याङ्जामा एम्बुलेन्स दुर्घटना: दुईको मृत्यु,गर्भवती सहित दुई जना घाइते

आदर्श अनलााइन, पोखरा

स्याङ्जामा आइतबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी गर्भवती सहित दुई जना घाइते भएका छन् । बा २ झ ४०११ नम्बरको एम्बुलेन्स वालिङ नगरपालिका–५ माझकोटमा दुर्घटना भएको हो ।

दुर्घटनामा चापाकोट ९ का ३५ वर्षीय भानुभक्त गैरे र २२ वर्षीय श्याम पँगेनीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

चापाकोट ९ कै ३१ वर्षीया पवित्रा गैरे र २५ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखरामा हुदैछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *