तमानका स्वास्थ्यकर्मी र व्यवसायी महिलामा कोरोना, धौलागिरी अस्पताल ल्याइदै

आदर्श अनलाइन, बागलुङ ।
आइतबार विहान क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा कोरोना पुष्टी भएका बागलुङका २ जना महिलामा कोरोनाको लक्षण देखिएको छ ।

बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर २ का १ महिला स्वास्थ्यकर्मी र १ जना व्यापारी महिलामा कोरोना आइतबार विहान संक्रमण पुष्टी थियो ।

गाउँपालिकाको क्वारेन्टिन व्यवस्थापनमा खटिएका ३० वर्षीया स्वास्थ्यकर्मी र सोही ठाउँमा व्यवासाय सञ्चालन गर्दै आउनुभएकी २३ वर्षीया महिलामा रुघा खोकी र ज्वारो सहित कोरोनाको लक्षण देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर छन्त्यालले बताउनुभयो ।

बागलुङको ढोरपाटन नगरपालिकाको बुर्तिवाङ स्वास्थ्य केन्द्रमा आइसुलेसनको व्यवस्था भएपनि उनिहरुमा कोरोनाका लक्षण देखिएकाले धौलागिरी अस्पताल बागलुङको आइसुलेसनमा राख्ने तयारी गरिएको छ ।

गाउँपालिकाले भदौ १० गते समुदाय स्तरमा स्वास्थ्यकर्मी, जनप्रतिनिधी, व्यापारी, प्रहरी र संघ संस्थाका गरि ६० जनाको स्वाब संकलन गरि परिक्षणको लागि पठाएको थियो । त्यसमध्ये दुईजनामा संक्रमण पुष्टी भएको हो ।

संक्रमित दुवैजनालाई बडिगाड गाउँपालिकाको एम्बुलेन्समा राखेर धौलागिरी अस्पताल बागलुङ ल्याइदै छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *